HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home हङकङ समाचार गुरुङ सँस्कृतीमा आधारित कुटुम्बेरी साईनोको पहिलो प्रिमियर शो हङकङमा प्रदर्शित

गुरुङ सँस्कृतीमा आधारित कुटुम्बेरी साईनोको पहिलो प्रिमियर शो हङकङमा प्रदर्शित

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज  राना मगर

१८ जुन २०१७ हङकङ

गुरुङ संस्कार र सँस्कृतीमा आधारित कुटुम्बेरी साईनो चलचित्रको पहिलो प्रिमियर शो हङकङमा भब्यरुपमा प्रदर्शन भएको छ । १२ जना निर्माताहरुको सयुक्त लगानी रहेको कुटुम्बरी साईनो चलचित्रको लेखन तथा निर्देशन हङकङमै रहेर चलचित्र निर्माणमा सकृय भूमिका निर्वाह गरीरहेका सुभाष गुरुङले गरेका छन् । हालसालै हङकङमा प्रदर्शित सुभाष गुरुङ द्वारा निर्देशित भेडी गोठाले चलचित्र प्रदर्शनको लगतै उनैले निर्देशन गरेको कुटुम्बरी साईनो प्रदर्शित भएको छ ।

कुटुम्बरी साईनो प्रदर्शन हुनु अगाडी छोटो औपचारिक कार्यक्रममा मार्फत उपस्थित अतिथीहरु द्वारा रिबन काटेर कार्यक्रमको शूभारम्भ गरेका थिए । कार्यक्रममा गुरुङ चलचित्र संघ हङकङका अध्यक्ष रोशन गुरुङ प्रमुख अतिथीको रुपमा आसिन थिए । अन्य अतिथीहरुमा नेपाली महिला संघ हङकङकी अध्यक्ष श्रीमती टिका गुरुङ, कुटुम्बेरी साईनोका लेखक तथा निर्देशक सुभाष गुरुङ,ताउलेक समाजका अध्यक्ष जङ्ग बहादुर गुरुङ, मिलन पाउडेशन नेपालका अध्यक्ष श्रीमती गंगा गुरुङ र नायक बिस्वास गुरुङको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी र बिशेष उपस्थितीहरुलाई कुटुम्बरी साईनो लेखिएको झोला मायाको चिनो प्रदान गरेका थिए ।कार्यक्रमलाई निर्माता चौ गुरुङले सन्चालन गरेका थिए ।

चलचित्रका नायक बिस्वास गुरुङ र प्रमुख अतिथी रोशन गुरुङले चलचित्र हेर्न आउने सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिएका थिए । चलचित्र लेखन तथा निर्देशक सुभाष गुरुङले कुटुम्बेरी साईनो चलचित्र गुरुङ संस्कार र सँस्कृतीमा आधारित रहेको छ भन्दै चलचित्र हेरीसके पछी चलचित्रको कमी कम्जोरीको बारेमा सुझाब र सल्लाह दिएको खन्डमा अर्को चलचित्र निर्माण गर्दा त्यो गल्ती नदोहोरिने बिस्वास् ब्याक्त गरेका थिए ।

चलचित्र कुटुम्बरी साईनोले गाउँको एउटा स्कुलको शिक्षिका(नायिका) फेसबुकको माध्याम बाट युकेमा बस्ने (नायक) एक आपसमा चिनजान, माया प्रेम बसे पछी नजिक गराएको देखाएको छ ।  विवाहको कुरो छिनोफानो गर्ने बेलामा घर परिवार बाट कुटुमबरी साईनो लाग्ने नलाग्ने सोधीखोजी गर्दा आफ्नै हाडनाता लाग्ने भएको हुँदा विवाहको प्रस्तव केटीको घर परिवार बाट अस्विक्रित गर्दछ । केटो(नायक) बिदेशको रहन सहनमा हुर्केको हुनाले आफु कुन गुरुङ हो थाहा नभएको र आफ्नै बाबा गुरुङ समाजको अध्यक्ष भएको सम्बादमा राखिएको देखिन्छ । समाजको उथ्थानको निम्ती भनेर खुलेका बिभिन्न जातिय संघ सस्थाका अगुवा नेताहरु जो आफ्नै घर भित्र आफ्नै सन्तानहरुलाई आफ्नै जातीको संस्कार  र सँस्कृती सिकाउन भुलेका त छैनन्न् भन्ने शन्देश दिन खोजेको देखिन्छ । सह-नायिकाको रुपमा युके बाट घाटु समन्धी थेसिसको निम्ती गुरुङ गाउँमा आएको देखाइेको छ । घाटुको बारेमा अझै बिस्त्रित रुपमा पस्कन सकेको भए नयाँ पिडीले घाटुको बारेमा उक्त चलचित्र बाट जान्ने र बुझ्ने अवसर अवश्य मिल्ने थियो ।

समग्रमा कुटुम्बरी साईनो नितान्त गाउँले पारीवेशमा निर्माण गरीएको चलचित्र बनेको छ

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News