HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home हङकङ समाचार फेसबुक अभियान मार्फत हङकङ बाट स्तन क्यान्सर बिरामी दुर्गामायालाई दुईलाख बढी आर्थिक सहयोग

फेसबुक अभियान मार्फत हङकङ बाट स्तन क्यान्सर बिरामी दुर्गामायालाई दुईलाख बढी आर्थिक सहयोग

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

४ जुलाई २०१६ हङकङ

श्रीमानले अर्को बिहे गरे पछी घर परिवार बाट अपहेलित भएकी दुर्गामाया ठकुरीलाई एउटा छोरी पाल्नु पर्ने बाध्यता छदै थियो । झनै स्तन क्यान्सर जस्तो प्राण घातक रोगले ग्रसित भएकी दुर्गामाया ठकुरीको स्तन बाट रगत र पिप बगिरहेको तस्बिर सामाजिक सन्जालमा भाईरल भए लगतै हङकङमा उनको उपाचार्थ सहयोग स्वरुप फेसबुक बाटै आर्थिक सहयोग सङ्कलन भएको थियो । जुनु राना र जय चाम्लिङको नेत्रित्वमा जुन २२ देखी ३० सम्ममा दुईलाख छब्बीस हजार पाँचसय(२,२६,५००)रुपैया सङ्कलन गरेर बिरामीलाई हस्तान्तरण गरेका छन् ।

हङकङ बाट पठाइएको सहयोग रकम नेपालमा गायिका मिना राईले क्यान्सर पीडित दुर्गामायालाई नेपाल क्यान्सर हस्पिटल ललितपुरमा गएर उक्त रकम हस्तान्तरण गरेका थिए । हङकङ बाट प्राप्त सहयोग रकम बुझ्दै दुर्गा मायाले सहयोगी सम्पूर्णलाई धन्यवाद ब्याक्त गरेकी थीइन् । घर परिवार बाट अपहेलित भएकी दुर्गामायाको पिडा र बेदना सामाजिक सन्जालमा भाईरल भए पछी देश बिदेश बाट आर्थिक सहयोग जुट्न थालेको छ । उनी आफ्नो छोरीको निम्ती बाँच्न चाहन्छु भन्दै सबै सँग सहयोगको याचना गरेकी छिन् ।

 

Add your comment

Your name:
Subject:
Comment: