HongKongNepali.com, The Next Media

Monday
Jul 24th
Home हङकङ समाचार हङकङमा आएर दुर्ब्यसनीमा फसेका नर बहादुर दमाईको उद्धार

हङकङमा आएर दुर्ब्यसनीमा फसेका नर बहादुर दमाईको उद्धार

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

६ जुलाई २०१७ हङकङ

हङकङमा आएर दुर्ब्यसनीमा फसेका स्याङ्जा छाङ्छाङ्डीका नर बहादुर दमाईको स्याङ्जा जनसेवा समिती हङकङका अध्यक्ष इश्वर गुरुङको पहलमा उद्धार गरेर नेपाल पठाइएको छ । १९९५ मा हङकङ आएर शुरुवातको दिनमा राम्रैकाम गरेर डलर कमाएका नर बहादुर पछी गएर दुर्ब्यसनीमा फस्न पुगेका थिए । २३ बर्षको बिच एक पटक मात्र नेपाल गएको बताउने नर बहादुर दमाई सामसुइपो बजार क्षेत्रमा एक छाक मागेर खाने नपाए भोकै बस्ने रोडमै सुत्ने स्थानियलाई कहिलै नसताउने स्वभावका थिए ।

 

संचारकर्मी तथा ज्याप स्टुडियोका संचालक  बिक्रम गुरुङले आफ्नो फेसबुक स्टाट्स मार्फत हङकङका हुने खानेहरु बिरामी भए हस्पिटलमा आफन्तहरु बिच खादा र फुल गुच्छा साथै फेसबुकमा शिघ्र स्वास्थ्यलाभको कामना गर्छन् तर दुखी गरिव मर्न लागे अथवा आपत परेको बेला जात धर्म क्षेत्र र राजनीतिक आस्था हेर्ने चलन यो कस्तो सोचको बिकास हो ? भन्ने आसयको स्टाट्समा हस्त आरुहङले नर बहादुर दमाईको दयनिय स्थितीको फोटो राखेको देखे पछी स्याङ्जा जन सेवा समिती हङकङको अध्यक्ष इश्वर गुरुङको पहलमा उद्धार भएको थियो ।

सामसुइपोमा जुलाई २  आईतवारको दिन ३,४ घण्टा लगाएर खोजे पस्चात बल्ल बल्ल फेला पारेको नर बहादुर दमाइको आफ्नो साथमा हङकङको अाइडी, पासपोर्ट केही नभएको अध्यक्ष इश्वर गुरुङले बताएका थिए । उनलाई त्याहा बाट उद्धार गरेर होटेलमा लगेर राख्नुका साथै हङकङ अाइडी नभएको हुँदा प्रहरी चौकीमा गएर अाइडी हराएको रिपोर्ट कार्ड बनाउने देखी नेपाल कन्सुलेटमा गएर ट्राभल डकुमेन्ट बनाउनु परेको बताए । सम्पूर्ण कागजात तयार भए पस्चात  नेपाल जाने टिकट बुक गरेर ४ जुलाई मङ्गलबारको दिन नेपाल पठाउन सफल भएका छन् ।

दुर्ब्यसनीको दलदलमा फस्न पुगेका घरबार बिहीन नर बहादुर दमाइले आफ्नो अाइडी बङ्गाली शरनार्थीलाई दिए बापत कहिले काही उस्ले प्रयोग गर्ने अाइस् नामको लागु औसध उनै बङ्गाली शरणार्थी मार्फत  प्राप्त गर्ने बताएका थिए । सडकमै सुत्ने नर बहादुरको हङकङमा आफ्नो आफन्त कोही नभएको साथै बेसहरा र दयनिय अवस्थामा उद्धार गरेर नेपाल पठाए पछी नरबहादुरको परिवारमा खुशी छाएको छ ।

घरबार बिहिन एक जना नेपाली दुर्ब्यसनीलाई फेसबुकको माध्याम द्वारा  उद्धार गरी आफ्नो घरपरिवार बिच पुनर्मिलन गर्नेकाम भएको छ यो सामाजिक सन्जालको एउटा राम्रो पक्ष बनेको छ ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News