HongKongNepali.com, The Next Media

Monday
Jul 24th
Home हङकङ समाचार एनआरयान हङकङ अध्यक्षको होडमा टिका गुरुङ

एनआरयान हङकङ अध्यक्षको होडमा टिका गुरुङ

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना

६ जुलाई हङकङ

गैर-आवसिया नेपाली संघ (NRNA) हङकङको छैठौ अधिवेशन नजिकिदै गर्दा नेपाली महिला संघ हङकङकी अध्यक्ष टिका गुरुङले औपचारिक रुपमा अध्यक्षको प्रत्यासीको रुपमा आफ्नो दावी पेश गरेकी छिन् । जोर्डन स्थित बगैचा रेष्टुरेन्टमा खचाखच भरीएको समर्थकको बिचमा उनले अध्यक्षको निम्ती उठ्ने घोषणा गर्दै सम्पूर्णलाई सहयोग गर्न अनुरोध गरेकी छिन् । स्थापना काल देखी साधारण सदस्य, कार्यसमिती सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरीसकेको बताउदै हङकङमा आए देखीनै ब्यापार ब्यवसायमा पनी लामो समय देखी सकृया रहदै आएको बताएका थिईन् ।

२३ जुलाईको दिन जोर्डन स्थित पाकिस्तान कल्वमा हुन गैरहेको आधिवेशनमा यदी आफु अध्यक्ष भएको खन्डमा यस्तो गर्छु उस्तो गर्छु नभनी कन आफ्नो अग्रजहरु बाट भएको साकारआत्मक र रचनात्मक कार्यहरुलाई निरन्तर्ता दिने बताएकी छिन् । अघिल्लो कार्यसमीतीको पालोमा कार्यालय स्थापना भएको र यस्लाई अझै ब्यवस्थित गर्ने । नेपालको संबिधानको धारा २९१ ले गैर-आवासिय नेपाली माथी भएको बिभेदको बारेमा सम्न्धित निकायमा दबाब दिने । हङकङको हकमा हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाती महासंघ, च्याम्बर्स अफ कमर्स जस्ता सस्थाहरुसँग शाहअकार्य गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने । नेपाली माथी हङकङमा रोजगार र अध्यागमन भिसा फुकुवा गर्नुको साथै नेपालमा लगानी भित्राउने र नेपालको उत्पादन पर्वर्धन गर्ने बताएकी छिन् ।

 

हालसालै जुलाई १ को दिन हङकङ चीनलाई हस्तान्तरण गरेको २० औ बर्षगाठको अवसरमा हङकङ सरकार बाट चिफ एक्जुकेटिभ कमन्डेसन् फर कम्युनिटी सर्भिस एवार्ड बाट टिका गुरुङ सम्मानित भएको छ । पाचौ अधिवेशनमा अध्यक्षको प्रत्यासी भए पनी सफलता हात नलागे पनी आफ्नो कृयासिलता निरन्तर रहेको बताउदै यस पटकको अधिवेशनमा सके सम्म निर्विरोधको बातावरण बनाइदिन अनुरोध गरेका थिए । यदी चुनाव भए पनी भोट दिएर जिताउन अनुरोध गरेकी छिन् ।

उपस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुले बिजयीको अग्रीम शुभकामना स्वरुप खादा पहिरिएर शुभकामना दिएका थिए । कार्यक्रमलाई देवराज राईले सन्चालन गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News