HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home हङकङ समाचार आविस्कार केन्द्रको निम्ति हङकङमा च्यारेटी डिनर बाट ५ लाख डलर भन्दा धेरै सङ्कलन

आविस्कार केन्द्रको निम्ति हङकङमा च्यारेटी डिनर बाट ५ लाख डलर भन्दा धेरै सङ्कलन

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना

१४ जुलाई २०१६

भरखरै स्थापित भएर बामे सर्दै गरेको ब्यापारीहरुको नयाँ सस्था हङकङ नेपाली ब्यापार संघले आविस्कार केन्द्रको सहयोगार्थ आयोजित च्यारेटी डिनर बाट ७६५,७७३.००(सात लाख पैसाठ्ठी हजार सात सय तिरहत्तर) डलर जम्मा गर्न सफल भएको बताएका छन् । जोर्डन स्थित हङ्री आइ रेष्टुरेन्टमा पत्रकारहरुको माझ च्यारेटी डिनरको आय ब्याय प्रस्तुत गर्ने क्रममा उक्त कुराको जानकारी गरेको थियो । लागेको खर्च साथै आजीवन सदस्य बाट उठेको रकम छुट्टाएर बचेँको जम्मा रकम ५०१,५३८।०० (पाँच लाख एकहजार पाँचसय अर्तिस) डलर अविस्कार केन्द्रको लागी बचत् भएको बताए । सम्पूर्ण खर्च २३८,७३५।००(दुइ लाख अर्तिस हजार सातसय पैतिस) डलर लागेको र आजीवन सदस्य बाट २५,५००(पच्चिस हजार पाँचसय डलर) उठेको बताएका थिए । आए ब्यायलाई ब्यापार संघका सह्-कोषाध्यक्ष अर्जुन गौचनले प्रस्तुत गरेका थिए ।

सोही अवसरमा चिमसाचुई स्थित स्टार फेरीमा आयोजित हङकङ नेपाल ट्रेड फेयर २०१७ को खर्च बिवरण प्रस्तुत गरेका थिए । हङकङ नेपाली महावाणिज्य दुतावास, हस्तकला महासंघ नेपाल र हङकङ नेपाली ब्यापार संघको सयुक्त सहमती अनुरुप क्रमस: ५०,३५ र १५ प्रतिसत खर्च बेहोर्ने सहमती भएको बताएका थिए । सहमती अनुरुप हङकङ नेपाली महावाणिज्य दुतावासको भागमा ११५,१०१.४५ (एकलाख पन्ध्रहजार एकसयएक डलर पैचालिस सेन्ट) बेहोर्ने । हस्तकला महासंघ नेपालको भागमा ८०,५७१.०२(असी हजार पाँचसय एकहत्तर डलर दुई सेन्ट र हङकङ नेपाली ब्यापार संघको भागमा ३४,५३०.००(चौतिस हजार पाँचसय तिस डलर) बेहोर्ने सर्त सहित् जम्मा २३०,२०२.९० (दुइलाख तिसहजार दुईसय दुई डलर नब्बे सेन्ट) खर्च भएको जनकारी दिएका थिए ।

हङकङ नेपाली ब्यापार संघको अध्यक्ष तेजप्रकास पुनको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रम महासचिव रामकाजी गुरुङले सन्चालन गरेका थिए । राष्ट्रिय अविस्कार केन्द्रको लागी आफुहरुले एक करोड उठाउने उदेश्य अनुरुप ७ लाख भन्दा बढी जम्मा हुनु भनेको एक करोड भन्दा धेरै उठेको भन्दै खर्च कताउदा अविस्कार केन्द्रलाई एक करोड नपुगेको रकम फेरी दोश्रो चरणमा अण्य कार्यक्रम गरेर पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । हङकङ सरकार बाट चिफ अक्जुकेटिभ कमण्डेसन् फर कम्युनिटी सर्भिस बाट सम्मानित हङकङ नेपाली महिला संघकी अध्यक्ष तथा हङकङ नेपाली ब्यापार संघका सदस्य श्रिमती राधिका(टिका) गुरुङलाई कार्यक्रममा खादा लगाएर सम्मान गरेका थिए ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News