HongKongNepali.com, The Next Media

Saturday
Jan 20th
Home हङकङ समाचार गैर-आवासीय नेपाली संघ हङकङको नेत्रित्व राधिका(टिका)गुरुङको हातमा

गैर-आवासीय नेपाली संघ हङकङको नेत्रित्व राधिका(टिका)गुरुङको हातमा

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

२३ जुलाई २०१७

गैर-आवासीय नेपाली संघ हङकङको छैठौ अधिवेशनले राधिका(टिका) गुरुङको नेत्रित्वमा नयाँ कार्यसमिती चयन् गरेको छ । जोर्डन स्थित पाकिस्तानी क्लवमा सम्पन्न छैठौ अधिवेशन प्रतिकुल मौसम( ८ नम्बर ताइफुन)को बाबजुद पनी सम्पन्न भएको छ । सबै पदहरुमा निर्बिरोध निर्वाचित भए पनी महासचिव र महिला सम्योजकको निम्ती मतदान गर्नु परेको थियो । महासचिव पदको प्रत्यासी बिनय शाहले जम्मा १२१ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी किसन राईले २५७ मत प्राप्त गरेर बिजय प्राप्त गरेका थिए । महिला सम्योजकको निम्ती भएको मतदानमा पदका प्रत्यासी इन्द्रा गुरुङले जम्मा ९७ मत प्राप्त गरेकी थीइन् भने अर्का प्रत्यासी अनु राईले २७६ मत प्राप्त गरेर बिजयी भएकी थीइन् ।

अध्यक्षको प्रत्यासी कोमल गुरुङ(स्याङ्जाली कान्छा)ले आफ्नो उमेद्वारी फिर्ता लिए पस्चात अर्का प्रत्यासी राधिका गुरुङ अध्यक्ष पदको निम्ती निर्बिरोध निर्वाचित भएकी थीईन् । अर्का उपाध्यक्षका प्रत्यासी जयन्ती गुरुङले पनी आफ्नो उमेद्वारी फिर्ता लिए पछी निरन्जन गुरुङ र कर्मा गुरुङ उपाध्यक्ष पदको लागी निर्वाचित भएका थिए । युवा सम्योजकको प्रत्यासी नरेन्द्रराज गुरुङले आफ्नो नाम फिर्ता लिए पछी अर्का प्रत्यासी प्रेम लामा निर्वाचित भएका थिए ।

छैठौ अधिवेसनको मान्डेट अनुसार आईसीसी - कर्णेल मिन बहादुर गुरुङ, अध्यक्ष - राधिका(टिका) गुरुङ, उपाध्यक्ष - कर्मा गुरुङ, उपाध्यक्ष - निरन्जन गुरुङ, महासचिव - किसन राई, सचिव - टिका राना, कोषाध्यक्ष - गोकर्ण ढकाल, युवा सम्योजक - प्रेम लामा, महिला सम्योजक- अनु राई, सदस्यहरु- किशोर कुमार गुरुङ, शुरेन्द्र मान घले,बिजय कुमार गुरुङ, बसन्त बहादुर श्रीनेट, भेषमणी श्रेष्ठ,ईन्द्र वनेम, बिजय श्रेष्ठ,सिमा थापा र धर्मकुमार गुरुङ निर्वाचीत भएका छन् ।

पानसमा दिप प्रज्वलन गरेर शुरु भएको छैठौ अधिवेशनका अतिथीहरुले शुक्रबार राती गैर-आवासिय नेपाली संघ हङकङको उपाध्यक्ष पदका प्रत्यासी कर्मा गुरुङ माथी साङ्घातिक हमलाको घोर भर्सना गर्दै दोषी माथी कडा कार्वाही हुनु पर्ने माग सहित् खुल्ला सत्रको कार्यक्रममा चुस्त दुरुस्त कार्यसमिती चयनको निम्ती शुभकामना दिएका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्दिय उपाध्यक्ष भवन् भट्ट प्रमुख अतिथीको रुपमा आसिन थिए । कार्यक्रममा भिभिन्न देशबाट आमन्त्रित अाइसीसी मेम्बर लगायत एनआरएन हङकङका सल्लाहकारहरुको बिशेष उपस्थिती रहेको थियो ।

खुल्लासत्रको कार्यक्रममा स्वागत मन्तब्य बिजय सुब्बाले दिएका थिए भने निवर्तमान अध्यक्ष ललित लिम्बुले आफ्नो कार्यकालमा गरेका प्रगती विवरण प्रस्तुत गर्ना साथ कार्यसमिती भङ्ग भएको घोषणा गरेका थिए । कार्यक्रम प्रबक्ता किसन राईले सन्चालन गरेका थिए ।

बन्दसत्रको कार्यक्रममा सस्थाको साङ्गठानिक प्रतिवेदन महासचिव किसन् राईले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष जयन्ती गुरुङले प्रस्तुत गरेकी थीइन ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News