HongKongNepali.com, The Next Media

Sunday
Feb 18th
Home हङकङ समाचार ३ बर्षकी इक्सामा सेनेहाङ लिम्बुको फेदाङमा द्वारा बिधीपुर्वक हङकङमा अन्त्यस्टी

३ बर्षकी इक्सामा सेनेहाङ लिम्बुको फेदाङमा द्वारा बिधीपुर्वक हङकङमा अन्त्यस्टी

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

३० जुलाई २०१७ हङकङ

सडक दुर्घटनामा परी असामहिक निधन हुन पुगेकी सानो नानी ३ बर्षकी इक्सामा सेनेहाङ लिम्बुको आज लिम्बु परम्परा अनुसार फेदाङमा द्वारा बिधीपुर्वक हङकङमा  अन्त्यस्टी गरीएको छ । हुङहाम स्थित इनटर्नेशनल फ्यूनरल पार्लरमा सयौको सङ्ख्यामा उपस्थित नेपालीहरुले पुष्पगुच्छा अर्पर्ण सहित् श्रद्धाञ्जली दिए पस्चात ताइवाइ स्थित फुशान सम्सान घाटमा लगेर अन्त्यस्टी गरीएको थियो ।

याउचिमोङ जिल्लाका डिएबी पार्टीका नेताहरु, हङकङका बिभिन्न नेपाली संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधी, स्वर्गिय इक्सामा लिम्बु सेनेहाङ लिम्बुका आफन्त तथा शुभचिन्तकहरु श्रद्धाञ्जली दिन काम्तिन, युन्लोङ, चुनवान,चेङसावान,साम्सुइपो, जोर्डन, वान्चाइ लगायत भिभिन्न ठाउँ बाट भेला भएका थिए ।

 

गत जुलाई ७ तारिकको दिन साँझ ८:३० बजे तिर जोर्डनको फेरी स्ट्रिट नजिकैको वेन वेइ स्ट्रिटमा सडक दुर्घटना हुँदा इक्सामाले ज्यान गुमाउन पुगेकी थीईन् । निर्दोश स्वर्गिय इक्सामा सेनेहाङ लिम्बुको अन्तिम श्रद्धान्जली तथा अन्त्यस्टीमा उपस्थित सबैको आँखा रसाएका थिए । अन्त्यस्टी कार्यक्रममा एक मिनेट मौन धारण पस्चात सबैले पुष्प गुच्छा अर्पण गरेर अन्तिम बिदाई गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment: