HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार हङकङमा नेपाली स्नूकर खेलाडीहरु बिच स्नूकर च्याम्पियनशिप २०१७ आयोजना हुँदै

हङकङमा नेपाली स्नूकर खेलाडीहरु बिच स्नूकर च्याम्पियनशिप २०१७ आयोजना हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

१ अगष्ट २०१७

हङकङका नेपाली स्नूकर खेलाडीहरु बिच यो बर्ष पनी स्नूकर च्याम्पियनशिप २०१७ आयोजना गरीने भएको छ । आकर्षक पुरुस्कार रहेको स्नूकर च्याम्पियनशिप २०१७ को बिजेताले १०,००० हङकङ डलर दोश्रो हुनेले ५,००० डलर तेश्रो हुनेले १,००० डलर र उच्चतम अंक ल्याउनेले १,००० हङकङ डलरको पुरुस्कार जित्ने छ । जोर्डन स्थित स्पोर्टस क्लवमा आयोजित जानकारी सभामा आयोजक तथा स्पोर्टस कल्वका अध्यक्ष ओम गुरुङले उक्त कुराको जानकारी गराएका थिए । नेपाली स्नूकर खेलाडीहरुको लेभल अप्ग्रेड गर्नको लागी पनी आफुहरुले स्नूकर च्याम्पियनशिप २०१७ आयोजना गर्न गैरहेको बताए ।

 

सेप्तेम्बर महिनाको १७ र २४ गते जोर्डन स्थित केसी सिटी स्नूकर हलमा खेल आयोजना हुने भएको छ । प्रतियोगी खेलाडीले दर्ता शुल्क ३०० डलर बुझाउनु पर्ने छ भने महिला खेलाडीहरुले पनी प्रतियोगितामा भाग लिना सक्ने बताएका छन् ।  स्नूकर खेल सन्चालन गर्दा अन्तरराष्ट्रिय नियम लागु गरीने बताएका छन् । पोहोर साल पहिलो पटक हङकङमा स्नूकर च्याम्पियनशिप २०१६ सफलताको साथ सम्पन्न गरेको स्मरण गर्दै ओम गुरुङले आफुले यो खेललाई आउने बर्षहरुमा पनी निरन्तर आयोजना गर्दै लैजाने सोच रहेको बताएका छन् । यो खेलमा युवा खेलाडीहरुलाई आकर्सित गर्न सकियो भने भोली हाम्रो छोरा नातीको पालोमा अवश्य राम्रो राम्रो खेलाडीहरु उत्पादन हुने बिस्वास् ब्याक्त गरेका थिए ।

जानकारी सभामा गतसालको च्याम्पियनशिप बिजेता, उपबिजेता, नेपाल पत्रकार संघ हङकङका अध्यक्ष तथा गैर गैर आवासिय नेपाली संघ हङकङमा माहासचिव किसन राई, पत्रकार अनोज रोक्काको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रमलाई धीरज लिम्बुले सन्चालन गरेका थिए ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News