HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार मगर संघ हङकङलाई मगर महिला संघ हङकङको ५०,००० डलर सहयोग साथमा उन्नति र प्रगतिको शुभकामना

मगर संघ हङकङलाई मगर महिला संघ हङकङको ५०,००० डलर सहयोग साथमा उन्नति र प्रगतिको शुभकामना

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

३ सेप्टेम्बर २०१७ हङकङ

गत अगष्ट २० गतेको दिन मगर संघ हङकङको नवौं अधिवेशन पश्चात् नव-गठित कार्यसमितिलाई मगर महिला संघ हङकङको तर्फ बाट सस्थाको उन्नति र प्रगतिको शुभकामना दिदै ५०,०००( पचास हजार) हङकङ डलर सहयोग प्रदान गरेका छन् । आफ्नो सस्था भित्र सिमित नभै भुकम्प, बाढीपीडित, शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक कार्यमा पनि मगर महिला संघ हङकङले बेलाबेलामा हातेमालो गर्दै आइरहेको छ । जोर्डन स्थित मगर संघ हङकङको आफ्नै निजि कार्यलयमा नव निर्वाचित कार्यसमितीले पुरानो कार्यसमितिको सम्मान तथा बिदाइ गर्ने कार्यक्रममा मगर महिला संघ हङकङले उक्त रकम हस्तान्तरण गरेका थिए ।

 

मगर संघ हङकङले बिगत देखी धेरै राम्रा राम्रा कामहरु गर्दै आइरहेको साथै सस्थाको गरिमा अझै उच्च बनाउन निवर्तमान कार्यसमितिको अतुलनीय योगदानको कदर गर्दै खादा ओढाएर निवर्तमान कार्यसमितिको बिदाई गरेका छन् । सोही अवसरमा अधिवेशनलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने सस्थाका सल्लाहकार, नवौं अधिवेशनका अध्यक्ष मन्डल, बिधान संसोधन समिती र निर्वाचन मन्डलका अध्यक्ष तथा समितीका सदस्यहरुलाई पनि खादा ओढाएर संमान गरिएको थियो ।

नवौं अधिवेशनमा रिक्त रहेको कार्यसमितिलाई थप गरेर कार्यसमितिलाई पुर्णता दिएको छ । अध्यक्ष-श्रीमती - युगमाया राना मगर, बरिष्ठ उपाध्यक्ष - थल बहादुर श्रिस मगर(नेपाल गएको हुँदा वहाँ बाट अधिकारीक घोषणा हुन बाकी),उपाध्यक्ष - सुमन थापा मगर, महासचिव - निलम थापा मगर , सचिव - नन्द बहादुर राना मगर , कोषाध्यक्ष - शोभा राना मगर, सह-कोषाध्यक्ष - प्रमिता राना मगर, सदस्यहरु क्रमश : बिनोद थापा सुनारी मगर ,तुल्सीराज राना मगर,अमृता राना मगर, कुश थापा मगर,जुनु राना मगर, चन्दा राना मगर, राधिका गलामी मगर, धर्मराज गुर्माछान मगर,पदेन सदस्य - शिशिर पुर्वछाने मगर(लाङ्घाली क्ल्याण समाज) र पुन मगर समाजको पदेन सदस्यको नाम समिती बाट आउन बाकी रहेको छ ।

कार्यक्रममा उपस्थित मगर अग्रजहरु फादर अफ मगरको उपाधीले सम्मानित प्रेम गलामी मगर, नवौ अधिवेशनका अध्यक्ष मन्डलका अध्यक्ष हेमराज थापा, बिधान सम्सोधन समितीका अध्यक्ष राम श्रिस मगर, निर्वाचन मन्डलको सदस्य गणेश जङ रानामगर, लाङघाली क्ल्याण समाजका अध्यक्ष हर्क राना मगर, पुन मगर समाजका निवर्तमान अध्यक्ष राजु पुन मगरले नवनिर्वाचित कार्यसमितीको सफल कार्यकालको शुभकामना मन्तब्य ब्याक्त गर्नुका साथै सबैले मगर एकाताको जोड दिएका थिए ।

मगर संघ हङकङकी नव निर्वाचित अध्यक्ष श्रीमती युगमाया रानाको अध्यक्षता बसेको औपचारिक कार्यक्रमलाई महासचिव निलम थापाले सन्चालन गरेकी थिइन् । कार्यक्रमको स्वागत मन्तव्य सचिव नन्द बहादुर रानाले दिएका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News