HongKongNepali.com, The Next Media

Saturday
Jun 23rd
Home हङकङ समाचार अधिवेशन नजिकिदै गर्दा गैर-आवासिय नेपाली संघको महासचिव पदको प्रत्यासी बने त्रिलोक(यमकुमार)गुरुङ

अधिवेशन नजिकिदै गर्दा गैर-आवासिय नेपाली संघको महासचिव पदको प्रत्यासी बने त्रिलोक(यमकुमार)गुरुङ

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१३ सेप्तेम्बर २०१७ हङकङ

गैर-आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको अधिवेशन नजिकिदै गर्दा महासचिव पदका लागी त्रिलोक(यमकुमार)गुरुङले प्रत्यासीको रुपमा आफ्नो नाम घोषणा गरेका छन् । जोर्डन स्थित साङ्ग्रिला रेष्टुरेन्टमा घोषणा सभा मार्फत उनले आफ्नो उमेद्वारी घोषणा गरेका थिए । हङकङ र मकाउमा आफ्नो ब्यापार ब्यवसाय गर्दै अाइरहेका गुरुङ गैर-आवासिय नेपाली संघ हङकङको दुई कार्यकाल अध्यक्ष पद सम्हाल्नुका साथै बिगत १५ बर्ष देखी अन्तरराष्ट्रिय समन्वय परिषदको दुई कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल एशिया प्यासिफिक छेत्रीय सम्योजक र एक कार्यकाल उप-सम्योजकको जिम्मेवारी कुशलताका साथ निर्वाह गरीसकेका छन् ।

लाप्राक नमुना बस्ती निर्माण,गैर-आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको केन्द्रिय कार्यालय भावना निर्माण, बाढी पहिरो पीडितलाई राहत बितरणका लागी आँफै प्रभावित क्षेत्रमै पुगेर खट्ने गुरुङको सकृयाता र योगदान कुनै कार्यकारी भन्दा कम छैन । नेपालमा बेलाबेलामा भएका बिभिन्न प्राकृतिक बिपत, बिकास निर्माण लगायत बिभिन्न क्षेत्रमा अन्य मुलुककाहरु भन्दा हङकङ पछी नरहेको भन्दै सस्थाको बिकास र कृयाशिल रहन केन्द्रिय नेत्रित्वमा पहुंच राख्न आवश्यक रहेको बताएका छन् ।

यदी अक्टुबर १४ देखी १७ सम्म काठमाण्डुमा हुन गैरहेको विश्व सम्मेलनमा गैर-आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको कार्यकारी जिम्मेवारी वहन् गर्न पाए अझ प्रभावकारी तवरले आफुलाई सस्था प्रती समर्पित गर्ने बताएका छन् । घोषणा सभा आयोजना गर्ने गैर-आवासिय नेपाली संघ हङकङलाई धन्यवाद दिदै महासचिवमा बिजयी गराउन आग्रह पनी गरेका छन् । उक्त कार्यक्रममा गैर-आवासिय नेपाली संघ हङकङकी अध्यक्ष टिका गुरुङले बिजयको अग्रिम शुभकामना दिएकी थीइन् । कार्यक्रममा गैर-आवासिय नेपाली संघ हङकङ पुर्व अध्यक्ष दुर्गा गुरुङ, निवर्तमान अध्यक्ष ललित लिम्बु,च्याम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली,पुर्व अध्यक्ष जेयन ज्ञावली लगायत समाजका बुद्धीजिवी,ब्यापारी, बिभिन्न संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News