HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home हङकङ समाचार शिक्षा प्रती सचेत हङकङका नेपालीहरुले डा. चुरा थापाको शैक्षिक प्रगती ३ घण्टा लगाएरै सुनीरहे

शिक्षा प्रती सचेत हङकङका नेपालीहरुले डा. चुरा थापाको शैक्षिक प्रगती ३ घण्टा लगाएरै सुनीरहे

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१५ सेप्टेम्बर

हङकङका नेपाली बिच अत्याधिक रुपमा बिबिक्यु, नेपाल बाट नेता र कलाकार बोलाएर गरीने आसन / भाषण र मनोरन्जनात्मक कार्यक्रममै सिमित भै रहने समुदायमा १५ सेप्टेम्बरका दिन भने शिक्षा समन्धि प्रिथक कार्यक्रम सम्पन्न भएको छ । शिक्षा समन्धि बिरलै रुपमा भै रहने यस्तो कार्यक्रम नेपाल खबर डटकमले पहिलो बर्ष पार गरेको अवसरमा शैक्षिक बिमर्शको कार्यक्रम गरेको थियो ।  नेपाल खबर हङकङको आयोजनामा जोर्डन स्थित चुम्लुङ हिमको सभाकक्षमा डा.चुरा थापाले हङकङमा आएर उनले शिक्षामा लगानी गरेको २० औ बर्षको संघर्सको कथा लगायत हङकङका नेपाली बिधार्थीहरुको शैक्षिक अवस्था र चुनौतीको बिबिध बिषयमा बोलेका थिए ।

पहिलो खन्डमा डा.चुरा थापाले आफ्नो बाल्यकालको प्राथमिक शिक्षा गृह जिल्ला बाग्लुङ हुँदै उच्च शिक्षाको निम्ती बुटवल काठमान्डौ हुँदै अन्त्यमा  हङकङ अाइपुगेका बताएका थिए । हङकङमा आएको शुरुवातको दिन कन्स्ट्रक्सनमा मज्दुरी गरेको बताउने डा.थापाले मास्टर डिग्री गरे पस्चात  शिक्षण पेशामा आवद्ध भएका थिए । जुनै पनी क्षेत्रमा राजनिती हुने उदाहरण दिदै आफुले पढाउने स्कुलमा पनी शिक्षकहरु बिच पनी राजनिती भै रहने र त्यसैको कारणले आफ्नो समकक्षीहरुलाई पीएचडी गरेर देखाउछु भन्ने सङ्कल्पले नै गर्दा पिएचडी गरेको बताए ।

दोश्रो खन्डमा हङकङका नेपाली समुदाय बिच यहाँ हुर्कदै गरेका नयाँ पुस्ताहरुलाई यहाँको शिक्षा पाद्दतीको बारेमा चाइनिज माध्याम अथवा अग्रेजी माध्याम , नेपालमा लगेर पढाउनु अथवा हङकङमै राखेर पढाउनु कुन उचित अथवा अनुचित, हङकङमा हुर्केका बच्चाहरुले नेपाली भाषा भुल्दै जानु र त्यसको दिर्घकालिन असार,नेपाली भाषाको जगेर्ना,उच्च शिक्षा हासिल गर्न चाहनेहरुको लागी बिबिध सुझाव सहित् बिबिध बिषयमा छलफल चलेको थियो ।

२००५ साल तिर हङकङको कुनै पनी विश्वबिधालयहरुमा नेपालीहरुको उपस्थिती नगन्यरुप रहने तर १२ बर्षको  अन्तरालमा हङकङका सबै विश्व बिधालयहरुमा अहिले नेपालीहरु अध्ययन गरीरहेका बताएका छन् । अहिलेको नयाँ पुस्ताहरु जस्ले उच्च शिक्षा हासिल गरीरहेका छन् तर उनिहरुले आफ्नो मात्रीभाषा पनी भुल्दै गैरहेका छन् । उनिहरु अव नेपाली समुदायमा घुलमिल हुन नसक्ने तर्क गर्दै उनिहरु कुलिन बर्गमा सामाहित भएर बस्ने बताएका छन् । अहिले हङकङमा बिबिध जाती क्षेत्रमा बिभक्त नेपालीहरु बिच अव भविश्यमा दुई समुहमा बिभाजित भएर जाने छन् । भबिस्यमा एक समुह हङकङमै जन्मेर यही हुर्केकाहरु जस्ले नेपाली बोल्न भुली सकेका छन् र अर्को नेपाल बाट आउने समुहले मात्रा हङकङमा नेपाली भाषालाई बचाउने छन् भने । हङकङमा जन्मेका नेपालीहरुका बच्चाहरुले यहाँका स्थानिय चाइनिज बिधार्थीहरुले भन्दा दुई दोब्बर मेहेनत गर्नु पर्ने जोड दिएका छन् । बिबिध भाषामा बिबिध ज्ञान प्राप्त हुने हुँदा अन्य भाषालाई प्रथामिकता दिदा आफ्नो भाषालाई पनी जगेर्ना गर्दै लैजानु पर्ने बताएका छन् ।

हङकङ नेपाली समुदाय बाट हाल सम्म ३ जना नेपालीले पिएचडी गरीसकेका छन् । स्मरण रहोस् विश्वको चर्चित विश्व बिधालय मध्य हङकङ विश्व बिधालय बाट शिक्षा तथा सङ्कायमा पिएचडी गर्ने पहिलो नेपाली डा.चुरा थापा हुन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News