HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home हङकङ समाचार बाणिज्य मण्त्री मिन बहादुर विश्वकर्मा हङकङको रमाइलो शरद साँझमा

बाणिज्य मण्त्री मिन बहादुर विश्वकर्मा हङकङको रमाइलो शरद साँझमा

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

हङकङ नेपाली महासंघले आयोजना गरेको रमाइलो शरद साँझमा नेपाल सरकारको बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ प्रमुख अतिथी बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले बिधुतिय दियो अन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । मन्त्री मिन बहादुर विश्वकर्माले यस्तो महत्वपूर्ण कार्यक्रममा नेपाल सरकारको तर्फ बाट प्रमुख अतिथीको रुपमा मलाई आमन्त्रण गर्नु भो यो अवसर जुताउने आयोजक महासंघलाई धन्यवाद दिन चाहन्छु भनेका थिए ।

कार्यक्रममा मन्त्रीले दुई बर्ष अगाडी बनेको नयाँ संबिधान विश्वको अन्यमुलुकहरु भन्दा नेपालको उत्कृष्ट समावेशी संबिधान बनेको छ । संघिय सम्सदमा ३३ प्रतिशत प्रादेशमा ३३ प्रतिशत र स्थानिय प्रदेशमा ४० प्रतिशत महिलाको शुनिस्चित्ता गरेको छ । आदिवासी जनजाती, दलित,महिला, मधेशी, अल्पसङ्ख्यक समुदायको जनसङ्ख्याको आधारमा समानुपातिक सहभागिताको सुनिस्चित्ता गरेको छ । हिजो एकात्मक राज्य ब्यावस्था थियो अहिले सङ्घात्मक राज्य ब्यावस्था छ । हिजो जित्नेले शासन गर्ने ब्यावस्था थियो अहिले जित्न नसक्नेहरुको निम्ती समावेशी शासन ब्यावस्था छ । हिजो राजा सहितको प्रजातन्त्र थियो अहिले राजा बिहिनको लोकतान्त्रिक गणतन्त्र छ । हिजोको दिनमा कुनै एकल धर्मको बाहुल्यताले अल्पसङ्ख्यक धर्म मान्नेहरु हेपिएको होकी भन्ने थियो तर अहिले नेपालको संबिधानले धर्मनिरिपेक्षता बेवस्था गरीसकेको छ । एकै पटक पाँच पाँच परिवर्तन हुँदा परिवर्तन नचाहने शक्तीहरु बिरुद्धमा परिवर्तनलाई स्थागत गर्न छिटपुट अफ्थ्यारा भएको हो भन्दै अव शान्ती र सम्रिद्धीको बाटोमा नेपाल अगाडी बढ्दै गरेको छ । अव नेपालमा सम्रिद्धीको ढोका खोली सकेको हुँदा बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा आएर लगानी गर्न बातावरण सरकारले बनाएको छ भन्दै लगानी गर्न आग्रह समेत गरेका छन् ।

सोही अवसरमा मगर महिला संघ हङकङ द्वारा बाढीपीडितहरुको सहयोगआर्थ एक लाख रुपैयाको चेक साथै हङकङ नेपाली महासंघको तर्फ बाट एक लाख पचास् हजार रुपैया गरेर जम्मा दुई लाख पचास् हजार रुपैया मन्त्री विश्वकर्मालाई हस्तान्तरण गर्दै प्रधानमन्त्री दैबीप्रकोप राहत कोषमा जम्मा गरीदिन अनुरोध गरेका थिए । सोही अवसरमा शिक्षा क्षेत्रमा हङकङङे नेपालीको सान पिएचडी गरेका डा.चुरा थापालाई महासंघले  सम्मान गरेका थिए । मिस हङकङ नेपाल २०१७ का सम्पूर्ण प्रतिस्प्रधीहरुलाई पनी हौसला स्वरुप खादाले सम्मान गरेका थिए ।

पहिलो चरणको ३ दर्जन जती अतिथीहरुको लम्बेतान आशन ग्रहण, भाषण, मायाको चिनो, खादा ग्रहणले गर्दा दोश्रो चरणमा समय अभावको कारणले मनोरन्जनात्मक कार्यक्रम खासै जम्न सकेन । स्थानिय बाल कलाकारहरुको आकर्षक न्रित्य दर्शकहरुले अत्याधिक मन पराएका थिए । नेपाल बाट आउने कलाकारहरु रेश्मा पुन, बलराम समाल,नोभा लिम्बु,शरस्वती लामा, शिशिर राइ र दिल्ली फम्बोले आफ्नो आफ्नो गीत पस्केका थिए । हङकङमा हुने साङ्गितिक कार्यक्रम मध्य समय आभावको कारणले  नेपाल बाट आएर स्टेजमा एउटै मात्र गीत गाउने शरद साँझका कलाकारहरु बनेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News