HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home हङकङ समाचार हातेमालो अभियान मार्फत प्रकाश पाइजा पुनलाई ९५,७०० डलर सहयोग

हातेमालो अभियान मार्फत प्रकाश पाइजा पुनलाई ९५,७०० डलर सहयोग

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

२४ सेप्टेम्बर हङकङ

हृदयघातको कारणले लामो समय देखी हस्पिटलमा स्वास्थ्यलाभ गरीरहेका मगर इन्भेस्टमेन्ट ग्रुप(MIG)का शेयरधनी प्रकाश पाइजा पुनलाई हातेमालो अभियान मार्फत ९५,७००(पंचनब्बे हजार सातसय)डलर सहयोग हस्तान्तरण गरेका छन् । मगर इन्भेस्टमेन्ट ग्रुपका अध्यक्ष सुमन थापाको नेत्रित्वमा मिग संचालक समिती मार्फत क्वोङहा हस्पिटलमै गएर चेक् हस्तान्तरण गरेका थिए । बिरामीको स्वास्थ्य स्थिती पहिलेको भन्दा धेरै सुधार हुँदै अाइरहेको भए पनी बिगत ६ महिना देखी स्वास्थ्य लाभ गर्दै अाइरहेका प्रकाश पाइजा पुनको देब्रे हर नचल्ने अवस्थामा रहेका छन् । डक्टरको जानकारी अनुसार अव सामान्य अवस्थामा फर्कने सम्भावना निक्कै न्युन रहेको हुँदा मगर लगानी समुहका सम्पूर्ण शेयरधनी मार्फत हातेमालो अभियान अन्तर्गत, ३०० डलर सहयोग सङ्कलन गरेर एक मुष्ठ रकम हस्तान्तरण गरीएको हो ।

मगर लगानी समुहको एउटा राम्रो पक्ष भनेको आफ्नो शेयरधनी कसैलाई आफुमा अाइपर्ने आकस्मिक घट्नामा राहत ब्यावस्था मिलाउनु यस्को मुल उदेश्य रहेको छ । मगर लगानी समुह स्थापित भए पस्चात राहत कोष अन्तर्गत हिर्दयघातको कारणले देब्रे हर नचल्ने अवस्थामा पुगेका शेयरधनी प्रकाश पाइजा पुनले पहिलो पटक हातेमालो अभियान मार्फत ९५,७००(पंचनब्बे हजार सातसय)डलर सहयोग प्राप्त गरेका हुन् । कुनै कारण बस मृत्‍यु भएमा प्रती शेयर धनी ५०० डलर साथै कुनै दुर्घट्ना बस अथवा गम्भिर प्रक्रितीको रोग लागेर फेरी सामान्य अवस्थामा फर्कने नसक्नेहरुको लागी प्रती शेयर धनी ३०० डलर सहयोग सङ्कलन गरेर दिने प्रभाधान रहेको छ ।

सहयोग रकमको चेक प्राप्त गरे पस्चात मगर इन्भेस्टमेन्ट ग्रुप(MIG)का शेयरधनी प्रकाश पाइजा पुनले मगर लगानी समुहलाई धन्यवाद दिएका छन् । मगर लगानी समुहले अझै नयाँ युवा पिडीलाई समेटेर लाग्न सकेको खन्डमा युवाहरु कुलत अथवा कुबाटोमा लाग्नुको सट्टा आर्थिक उन्नतीको बाटोमा हिडाउन सके समाजको निम्ती उत्तम हुने बिचार ब्याक्त गरेका थिए । मगर लगानी समुहले अव शिक्षा,स्वास्थ्य लगायत बिभिन्न क्षेत्रमा पनी लगानी बिस्तार गर्नु पर्ने सुझाब दिएका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News