HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home हङकङ समाचार हङकङमा घान्द्रुकले लामो समय पछी भलिबलको बिजेता बनेर ट्रफी उचाल्न सफल

हङकङमा घान्द्रुकले लामो समय पछी भलिबलको बिजेता बनेर ट्रफी उचाल्न सफल

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

१ अक्टोबर २०१७ हङकङ

अत्याधिक दर्शकहरुको बिच घान्द्रुक समाज हङकङले ९ औ खुल्ला पुरुष भलिबल प्रतियोगिता चुनमुन स्थित बटरफलाई बिचमा भब्यरुपमा सम्पन्न गरेको छ । नेपाल बाट आएका राष्ट्रिय भलिबल खेलाडी मान बहादुर श्रेष्ठलाई निमन्त्रणा गरेर मैदानमा उत्रिएको घान्द्रुक टिमले आँधीखोला स्पोर्टस क्लव स्याङ्जालाई सोझो ३ सेटमा जितेर पहिलो पुरुस्कार १२,२२२ डलर सहित ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । दोश्रोहुने स्याङ्जाले ९,९९९ डलर सहित ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

नेपालको नम्बर एक राष्ट्रिय भलिबल खेलाडी सञ्जय अर्यालको साथमा अमेरिका बस्ने चर्चित भलिबल खेलाडी राम श्रेष्ठ सम्मिलित बिजेताको मुख्य दावेदार पर्वत तिमलाई मकाउ बाट आएका नेपाली टिमले पहिलो चरण बाटै सोझो दुई सेटमै नक आउट हुन पुगेका थिए । सेमी फाइनलमा  नेपालको राष्ट्रिय खेलाडी सुनेल श्रेष्ठ सम्मिलित आँधीखोला स्पोर्टस क्लव र मकाउ टिम बिच घमासन प्रतिस्प्राधा भएको थियो । बेस्ट अफ फाइभको आधारमा खेलाइेको खेलमा स्याङ्जाले मकाउलाई ३-२ सेटमा हराएका थिए भने अर्को सेमी फाइनलमा घान्द्रुकले सनराइज टिमलाई जितेर फाइनल प्रवेस गरेको थियो ।

सम्भवत नेपाल, अमेरिका, मकाउ, हङकङका चर्चित भलिबल खेलाडीहरुको जमघट भएको पहिलो भएकोले भलिबल हेर्न हङकङका नेपालीहरुको भिड लागेको थियो । घान्द्रुक, पर्वत, स्याङ्जा,पुन,सनराइज र मकाउ गरेर जम्मा ६ टिमको सहभागिता रहेको खेलमा सबै टिमहरु उत्कृष्ट थिए । फाइनल खेल हुनु पुर्व घान्द्रुक कल्वले मनोरन्जनको निम्ती एउटा कौडा गीत प्रस्तुत गरेका थिए । फाइनल खेलका सम्पूर्ण खेलाडीहरुलाई कन्याहरुले फुल दिएर अतिथीहरु बाट जितको निम्ती शुभकामना दिएका थिए ।

पहिलो पुरुस्कार घान्द्रुक घोताने परिवारले प्रायोजन गरेका थिए भने दोश्रो पुरुस्कार गितकार बिसु समले प्रायोजन गरेका थिए । रेफ्रीहरु यम गुरुङ, राजकुमार गुरुङ, मन प्रसाद गुरुङ, बिकास गुरुङले सन्चालन गरेको खेलमा बिभिन्न बिधा मध्य बेस्ट डिफेन्स उत्तम गुरुङ(घान्द्रुक), बेस्ट ब्लकर सुजन पुन(घान्द्रुक), बेस्ट स्पाइकर सुनिल श्रेष्ठ(स्याङ्जा), बेस्ट प्लेयर मान बहादुर श्रेष्ठ(घान्द्रुक), बेस्ट लिफ्टर युवा गुरुङ (स्याङ्जा)ले प्राप्त गरेका थिए ।

सोही अवसरमा गैर आवासिय नेपाली संघ हङकङका उपाध्यक्ष निरन्जन गुरुङ र राष्ट्रिय भलिबल खेलाडी सञ्जय अर्याल भएर खेल खेल्ने क्रममा घाइते भएर ढाडको नसा च्यापिन पुगेका चर्चित खेलाडी चन्द्र कुवरको निम्ती दर्शक दिर्घा बाट आर्थिक सङ्कलन गरेर झन्डै ३ लाख रुपैया सहयोग सङ्कलन गरेका थिए ।

कार्यक्रमको अन्तमा पुरुस्कार बितरण समारोहलाई भुपु उपाध्यक्ष बिमल गुरुङले सन्चालन गरेका थिए । बिजेता खेलाडीहरुलाई गैर आवासिय नेपाली संघ हाङकङका अध्यक्ष श्रिमती टिका गुरुङ, हङकङ नेपाल ब्यापार संघका अध्यक्ष प्रकाश पुन, घान्द्रुक समाजका अध्यक्ष लगायत पुर्व अध्यक्ष सम्पूर्णले बिजेता तथा उपबिजेता टिमलाई पुरुस्कार बितरण गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News