HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home हङकङ समाचार शैक्षिक बिकास कोषको निम्ती देउसी भैलो खेलेर दुई लाख डलर बढी सङ्कलन

शैक्षिक बिकास कोषको निम्ती देउसी भैलो खेलेर दुई लाख डलर बढी सङ्कलन

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

८ अक्टोबर हङकङ

मगर संघ हङकङले शैक्षिक बिकास कोषको निम्ती देउसी भैलो खेलेरै २,००,४७६ (दुइ लाख चारसय छेयात्तर) डलर सङ्कलन गरेको छ । अधिवेशन पस्चात बनेको मगर संघ हङकङको नयाँ कार्यसमीतीको पहिलो कार्यक्रम देउसी भैलोमा उठेको दानलाई सामाजिक तेवा पुग्ने शैक्षिक बिकास कोष स्थापनार्थ देउसी भैलो खेलिएको थियो । शैक्षिक बिकास कोषको सस्थापक मगर संघ हङकङ रहने हुँदा सस्थाको नाम कालान्तर सम्म रहीरहने र सस्थापक सम्रक्षकको रुपमा रहनेले पन्ध्र हजार भन्दा धेरै र सस्थापक सदस्यको रुपमा रहनेले पाँचहजार डलर भन्दा धेरै दिने प्राब्धान राखीएको थियो । त्यस पस्चात अधिकाङ्स मगरहरुले मुठ्ठी खोलेर खुल्ला हिर्दयले शैक्षिक कोषको निम्ती दान दिनेहरु निस्केका थिए । हाल सम्म सस्थापक सम्रक्षकमा ५ जना छन भने सस्थापक सदस्यको रुपमा १० जना पुगेका छन ।

नेपालका गरिव तथा बिपन्न बर्गका जेहेन्दार तथा प्रतिभावना बिधार्थी हुँदा हुँदै जस्को गरीवीको कारण उच्च शिक्षाको निम्ती अगाडि बढ्ने सम्भावनाको ढोका बन्द भएकाहरु माथी शैक्षिक बिकास कोषले लगानी गर्ने छ। साथै देशको निम्ती दक्ष जनशक्ती उत्पादन गरेर त्यहा बाट आएको फाइदाले शैक्षिक बिकास कोषको दायरा अझै फराकिलो बनाउदै लग्ने छ । शैक्षिक बिकास कोषको स्थापना प्रारम्भिक चरणमा भएको हुँदा अझै यस्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल र शिक्षा समन्धी बिज्ञहरु सँग सुझाव लेनदेन गरीने जानकारी प्राप्त भएको छ ।

मङ्कीहिलमा कुनै पनी संघ सस्थाहरुको कार्यक्रम नजुधेको हुँदा देउसी भैलो कार्यक्रममा डाँडा भरी मगरहरु भरीएका थिए । मगर संघ हङकङका माहासचिव निलम थापाले सन्चालन गरेको कार्यक्रममा मगरहरुको बाबाले सम्मानित सबै मगरहरुको आदर्णीय बाबा प्रेम गलामी मगर, प्रमुख अतिथी मगर संघ हङकङका भुपु महासचिव तथा गोर्खा समाज हङकङका निवर्तमान अध्यक्ष भिम थापा मगर र मगर संघ हङकङका अध्यक्ष युगमाया रानाले संयुक्त रुपमा दियो प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उद्घोषणमा पुन मगर समाज हङकङका सचिव चुक प्रसाद पुनले महासचिव निलम थापालाई सघाएका थिए ।

बिशेष अतिथी प्रेम गलामी मगरले देउसी भैलो कार्यक्रमको शुभकामना मन्तब्य दिएका थिए । मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले शैक्षिक बिकास कोषको बारेमा प्रकाश परेका थिए । कार्यक्रममा हङकङका भिभिन्न संघ सस्थाका अध्यक्षहरुलाई मन्चमा अतिथीको रुपमा आसन ग्रहण गराएका थिए । पुन मगर समाज हङकङका अध्यक्ष जस बहादुर चोचाङ्गी, लाङघाली कल्याण समाज हङकङका अध्यक्ष हर्क राना र हङकङ नेपाली महासंघका प्रतिनिधी प्रदिप थापा मगरले पनी तिहारको शुभकामना मन्तब्य दिएका थिए । प्रमुख अतिथी भिम थापाको मन्तब्य पस्चात मगर संघ हङकङका अध्यक्ष युगमाया राना मगरले औपचारिक कार्यक्रमको समापन गरेकी थीईन ।

दोश्रो चरणमा मगर रोष गुमुस्ठा हङकङका कलाकारहरुले बिभिन्न बिधाका नृत्यहरु पस्केका थिए भने अन्तिममा देउसी भैलो खेलेर कार्यक्रमको समापन गरीएको थियो । गायक जगत बहादुर पुन मगर र गायिका मन्जु थापाले देउसी भैलो भात्ट्याउन सघाएका थिए ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News