Home हङकङ समाचार ऐतिहासिक चलचित्र चेशुङ(कोशेली) हङकङमा प्रदर्शन हुने

ऐतिहासिक चलचित्र चेशुङ(कोशेली) हङकङमा प्रदर्शन हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

युरोप,अमेरिकामा भब्य प्रदर्शन पस्चात फेरी एक पटक चेशुङ(कोशेली) चलचित्र हङकङमा प्रदर्शन हुने भएको छ । लिम्बुवान क्षेत्रको किपट कथामा अाधारित चेशुङ(कोशेली)को लेखन तथा निर्देशन चलचित्र कर्मी मौसम लिम्बुले गरेका छन् । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका थुप्रै अवार्ड तथा सम्मानहरु पाउन सफल यो चलचित्र लिम्बु जाति तथा लिम्बुवान क्षेत्रको ईतिहास र संस्कृतिलाई प्रमुख बिषय बनाई(खष)नेपाली भाषामा निर्माण गरिएको कुरा निर्देशक लिम्बुले बताएका छन् ।

 

चलचित्रले बिषेशत: नेपाली अादिबासी जनजाति को पहिचानको पक्षमा बुलन्द अावाज बोकेको छ । एक दशक अगाबै हङकङमा चेशुङको प्रिमियर गरिए ता पनि संसारै भरिका दर्शकहरुले हेरे पस्चात आएका समीक्षा र सुझाबहरु आए   पश्चात् केही संशोधन सहित हङकङमा फेरी देखाउने जमर्को गरेको हुँदा सम्पूर्णलाई चलचित्र हेरेर सहयोग गरिदिनुहुन बिशेष अनुरोध गरेका छन् ।

चलचित्र प्रदर्शन पस्चात उठेको केही रकम चुम्लुङ हिम निर्माण खरिद समिति लाई प्रदान गरिने जानकारी गर्दै २४ डिसेम्बर २०१७(अाईतबार)को दिन बेलुकी यू बजे याउमातेइ कम्युनिटी हलमा चलचित्र प्रदशनी हुने जानकारी गराएका छन् । चलचित्र चेशुङको निर्माता भिस्मा चेम्जोङ हुन् ।

{gallery}gallery/chesung_grand_show_in_hk_2017_news{/gallery}

 

Latest News