HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार यम बी थापा दर्लामीको अध्यक्षतामा मगर बुद्ध समाज हङकङको नयाँ कार्यसमिती चयन्

यम बी थापा दर्लामीको अध्यक्षतामा मगर बुद्ध समाज हङकङको नयाँ कार्यसमिती चयन्

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१९ नोभेम्बर २०१७ हङकङ

मगर बुद्ध समाज हङकङले जोर्डन स्थित मगर संघ हङकङको कार्यालयमा तेश्रो अधिवेशन सम्पन्न गरेको छ । २००९ सालमा स्थापना भएको मगर बुद्ध समाज हङकङले स्थापना भए पस्चात हङकङेली मगर समुदायमा मगर कर्मकान्डलाई बिशेष प्रथामिकता दिदै अाइरहेको छ । मान्छे मर्दा होस् अथवा जन्मदा आफ्नै पुरोहित नहुँदा अन्य समुदायको पुरोहित खोजेर काम चलाऊने समस्याको हल मगर बुद्ध समाज स्थापना भए पस्चात आफ्नै मगर पुरोहितको ब्यावस्था गरे पछी पुरोहित खोज्नु पर्ने समस्याको हल भएको छ ।

 

मगर संघ हङकङका पुर्व अध्यक्ष तथा जनजाती महासंघ हङकङका अध्यक्ष यम बी थापा दर्लामी मगरले तेश्रो अधिवेशन पस्चात मगर बुद्ध समाज हङकङको नयाँ कार्यसमितीको नेत्रित्व सम्हालेका छन् । जस अन्तर्गत उपाध्यक्षमा यम बहादुर बुढाथोकी मगर,सचिवमा तिलक सोमै मगर_सह-सचिव - ईन्द्र चितौरे मगर कोषाध्यक्ष - सुमन थापा मगर, सह-कोषाध्यक्ष - कुल बहादुर चितौरे मगर साथै अन्य सदस्यहरु :रेशम राना मगर ,रामु थापा मगर, सन्जु थापा मगर,पुरन काला मगर रहेका छन् भने रिक्त रहेको सदस्यको पदपुर्ती कार्यसमितीको बैठक पस्चात गर्ने निर्णय गरेका छन् ।

सल्हाकारहरु : प्रेम बहादुर गलामी मगर(सस्थापक अध्यक्ष),कविता थापा सिन्जापती मगर(निवर्तमान अध्यक्ष),युग माया रानाv मगर(मगर संघ हङकङ अध्यक्ष), हेमराज थापा(मगर संघ हङकङ सल्लाहकार),भिम थापा मगर,थल बहादुर श्रिस मगर, सुमन थापा मगर, मन प्रसाद पुन, कुमारी थापा मगर(मगर महिला संघ हङकङ) गणेश जङ्ग राना , लक्ष्मी थापा मगर(मगर महिला संघ हङकङ उपाध्यक्ष) हिरा थापा मगर निवर्तमान उपाध्यक्ष मोनोनित भएका छन् ।

निवर्तमान उपाध्यक्ष कविता सिन्जापतीको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रममा मगर बुद्ध समाज हङकङको तेश्रो अधिवेशनमा मगर संघ हङकङकी अध्यक्ष श्रिमती युगमाया राना प्रमुख अतिथीको रुपमा आसिन थिए । कार्यक्रमको शुरुवातमा बुद्धको मुर्तीमा धुप बालेर बुद्ध बन्धना बाट कार्यक्रमको शुभारम्भ गरेका थिए । सचिव तिलक सोमै मगरले सन्चालन गरेको कार्यक्रममा निवर्तमान उपाध्यक्ष हिरा थापाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथी लगायत अन्य बिशेष अतिथीहरुले शुभकामना मन्तब्य दिएका थिए ।

स्मरण रहोस् : मगर बुद्ध समाज हङकङका अध्यक्ष यम बि थापा दर्लामी मगर र सचिव तिलक सोमै मगर दुबै जना मगर बुद्ध समाज हङकङका प्रमुख वापा(पुरोहित) हुन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News