HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार हङकङमा तेश्रो डम्फु साँझको तयारी हुँदै

हङकङमा तेश्रो डम्फु साँझको तयारी हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२२ नोभेम्बर २०१७ हङकङ

हङकङ तमाङ घेदुङ संघले तेश्रो डम्फु साँझ आयोजना गर्ने भएको छ । जोर्डन स्थित चुम्लुङ हिमको हलमा आयोजित जानकारी सभा मार्फत पत्रकारहरुको माझ तमाङ घेदुङ हङकङले औपचारिक घोषणा गरेका थिए । डम्फु साँझ पहिलो र दोश्रोलाई हङकङ नेपालीहरुको साथ र सहयोगले  भब्य सफल भए जस्तै डम्फु साँझ तेश्रोलाई पनी साथ र सहयोग गरिदिन आवहाँन गरेका छन् ।

म्फु साँझ तेश्रोका कार्यक्रम सम्योजक भावेश घिसिङले डिसेम्बर ३१ का दिन नेपाल बाट गायिका शशीकला मोक्तान र गायक बिजय लामाले हङकङवासी नेपालीहरुलाई मनोरन्जन दिन आउने जानकारी दिएका छन् । याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा हुने उक्त कार्यक्रममा      हङकङका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताएका छन् ।

 

कार्यक्रममा उपस्थित प्रमुख अतिथी आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष यम बी थापा मगरले हङकङका सम्पूर्ण तमाङहरुको साझा सस्था तमाङ घेदुङ संघ हङकङले आफ्नो जातिय पहिचान झल्कने बिशेष तामाङ् जातीको चिनारी दिने "डम्फु साँझ" आँफैमा राम्रो रहेको भएको भन्दै कार्यक्रम सफलअताको शुभकामना दिएका थिए । थापा मगरले कार्यक्रम सफल होस् भन्दै आर्थिक सहयोगको घोषणा पनी गरेका थिए । बिशेष अतिथीको रुपमा आसिन गैर आवासिय नेपाली संघ हङकङका अध्यक्ष श्रीमती टिका गुरुङले पनि कार्यक्रम सफलअताको शुभकामना दिदै गैर आवासिय नेपाली संघ हङकङ र नेपाली महिला संघ हङकङको साथ र सहयोग रहने बताएका थीईन ।

अध्यक्ष सरस्वती घिसिङले ३१ डिसेम्बरको दिन हङकङवासी सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भएर भब्य तथा सभ्यरुपमा सफल बनाइदिन अनुरोध गरेका छन् । कार्यक्रमको अन्त्यमा कार्यक्रमको पोस्टर सार्वजनिक गरे पस्चात जानकारी सभाको समापन गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News