HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार सुमुधुर साँगितिक साँझ २०१७ भब्यरुपमा सम्पन्न

सुमुधुर साँगितिक साँझ २०१७ भब्यरुपमा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२६ नोभेम्बर हङकङ

चाँगे धर्ती आमा कोष सस्था हङकङले आर्थिक अभावमा छट्पटाई रहेका बिरामीहरुको पुनर्जीवनमा सहयोग पुर्याउने हेतुले यो बर्ष पनी भब्यरुपमा सुमुधुर साँगितिक साँझ २०१७ सम्पन्न गरेको छ । याउमातेई स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा आयोजित कार्यक्रम सफल बनाउन नेपाल बाट ख्याती प्राप्त वरीष्ठ सङ्गितकार शम्भुजित बास्कोटा, चर्चित नायिका केकी अधिकारी,नेपाल अाइडल प्रतिस्प्रधी केन्जल मेहेर श्रेष्ठ, जादुगर  तथा हास्यकलाकार शेर बहादुर गुरुङ र गायिका प्रकृती थलङ्को उपस्थिती रहेको थियो । गतसाल पनी यो सस्थाले यस्तै प्रक्रितीको कार्यक्रम गरेर आर्थिक अभावमा छट्पटाई रहेका बिरामीहरुलाई ९ लाख भन्दा धेरै आर्थिक सहयोग गरेका थिए ।

छिटो छरिटो रुपमा सन्चालन भएको औपचारिक कार्यक्रममा बिगत ४ दशक देखी नेपाली गीत संगीतलाई महत्वपूर्ण योगदान दिएर नेपाली गीत संगितलाई माथी उकास्न महत्वपूर्ण भूमिका खेल्ने बरिष्ठ संगिताकार शम्भुजित बास्कोटालाई सम्मान पत्र द्वारा सम्मानित गरेका थिए । अध्यक्ष भन्द्रकला राइले पुष्पगुच्छा र ढाका टोपी ओढाएर सम्मानित गरेका थिए भने प्रमुख प्रायोजक सुमन आले द्वारा सम्मान पत्र हस्तान्तरण गरेका थिए । बज्रकुमार राई द्वारा सन्चालित कार्यक्रममा अतिथिहरुलाई स्तेजमा बोलाएर राष्ट्रिय गीत बजाएर कागजी आतिसबाजी साथ औपचारिक कार्यक्रम शुभारम्भ गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन पस्चात मनोरन्जनात्मक कार्यक्रमलाई ईन्द्र लोक्समले सन्चालन गरेका थिए । केन्जल मेहेर श्रेष्ठले "मेरी आमा" भन्ने गीत गाएर दर्शकहरुको निम्ती पहिलो साङ्गितिक कोशेली पस्केका थिए । पहिलो पटक हङकङमा आफ्नो साङ्गितिक प्रस्तुती भएको भन्दै सम्पूर्ण दर्शकहरु प्रती आभर टक्राउदै मेरी आमा भन्ने गीत नै आफ्नो साङ्गितीक कारीअरको ट्रनिङ पोइट भएको भन्दै गीत पस्केकी थीईन् । अझै थप मनोरन्जन गराउन उनी आफ्नै कम्पोज रहेको नेपाली पन भन्ने गीत पस्केका थीइन । पुर्वान्चल सिङ्गिङ २०१७ का बिजेता प्रक्रिती थलङले पनी आफ्नै गीत गैर्ही गाउँको गीत गाएकी थीईन भने दोश्रो प्रस्तुती राजेश पायल राई र लीला राईको स्वरमा रहेको धरान धनकुटा भन्ने गीत गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए । अर्का हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङले आफ्नो हास्य प्रस्तुतीको साथमा केही जादुकलाहरु पस्केर दर्शकहरुलाई चकित बनाएका थिए ।

चर्चित नायिका केकी अधिकारीले पनी आफ्नो डान्स अाइटम पस्केर दर्शकहरुको ध्यान आकर्सित गरेका थिए । कार्यक्रमको मुख्य आकर्षक शम्भुजित बास्कोटाका चर्चित गीत सम्झना बिर्सना सलल , तलतल बेशीमा मैच्याङ, चट्ट रुमाल क्या मालुम,अच्छा लिकिन लन्डनको हावाले समाउला भन्ने गीत गाएका थिए भने बास्कोटालाई केन्जल मेहर श्रेष्ठ र प्रक्रिती थलङले साथ दिएका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News