HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home हङकङ समाचार सुभाष गुरुङको "खै ओ म्ही थेबा" हङकङमा प्रदर्शन हुने

सुभाष गुरुङको "खै ओ म्ही थेबा" हङकङमा प्रदर्शन हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२८ नोभेम्बर हङकङ

दर्जन भन्दा बढी गुरुङ संस्कार र संस्कृतीमा अाधारित चलचित्र निर्माण गरीसकेका चलचित्रको कथा आफै लेख्ने निर्देशन आफै गर्ने साथै अभिनेताको भूमिका निर्वाह गर्ने बहुप्रतिभाशाली सुभाष गुरुङको "खै वो म्ही थेबा" आयो है ठुलो मान्छे भन्ने चलचित्र ७ जनवरीका दिन याउमातेइ कम्युनिटी हलमा प्रदर्शन हुने भएको छ । १५ बर्ष अगाडी निर्माण भएको "म्ही थेबा" कै कथा बस्तुमा अाधारित दोश्रो भागको रुपमा "खै हो म्ही थेबा" नेपाल लगायत अमेरिका,युकेमा पर्दर्शन भै सकेको र अस्ट्रेलियामा पनी प्रदर्शनको तयारीमा रहेको बताएका छन् । जोर्डन स्थित चुम्लुङ हिममा अयोजित जानकारी सभामा सुभाष गुरुङले यो चलचित्रले रगत,भेष,भुषा र उस्को शरीर नेपाली भए पनी गर्व गर्ने उ सँग नेपाली नागरिकता नभएको कथाबस्तुलाई उठान गरेको बताएका छन् । चलचित्र प्रदर्शन बाट उठेको केही रकम अनाथ बालबालिकाहरुलाई आश्रय दिएर लालन पालन गर्ने माया घरलाई सहयोग गर्ने बताएका छन् ।

हातमुख जोड्नको लागी काम नगरी नहुने हङकङ जस्तो ब्यस्त शहरमा बसेर पनी आफ्नो जातिको गुरुङ संस्कार र संस्कृतीमा अाधारित धेरै चलचित्र निर्माण गरीसकेका सुभाष गुरुङले गत बर्ष नेपाल गएर भेडी गोठाले, कुटेम्बरी साईनो र खै हो म्ही थेबाको सम्पूर्ण काम सकाएर हङकङ आएका थिए । जहाँ इच्चा त्यहा उपाया भने झैँ सबै कामको तर्जुमा मिलाएर आफु विदेशमै बसेर भए पनी गुरुङ जातिको संस्कार र संस्कृतीमा अाधारित अर्गानिक चलचित्र निर्माण गरेर भाषिक र संस्कृतीक उत्थानमा अझै सक्रिए भएको उदाहरण पेश गरेर देखाएका छन् ।

पछील्लो सामयमा निर्माण भएका मुलधारको केही नेपाली चलचित्र छोडेर अधिकाङ्स् चलचित्र निर्माण प्राय हलिवुड र बलिउडको नक्कल गरेर  निर्माण हुने हुँदा हामीले मुलधारको नेपाली चलचित्रमा हाम्रो भाषा,संस्कार र संस्कृतीको अर्गानिक कथाबस्तु प्राप्त गर्न नसकिने हुँदा आफु मुलधारको नेपाली चलचित्र निर्माण भन्दा गुरुङ जातीको संस्कार र संस्कृतीमा आधारित चलचित्र बनाउने तर्फ लागेको बताए । आर्थिक हिसाबले गुरुङ जातीको चलचित्र निर्माण गर्दा मुलधारको नेपाली चलचित्रको जस्तो फाईदा नभए पनी भाषा,संस्कार र संस्कृती लोप हुँदै जाने क्रममा भोलीका नयाँ पिढीले चलचित्र हेरेर भए पनी आफ्नो जतिको बारेमा केही जान्ने अवसर मिलोस भनेर लागेको हुँ । कुनै दिन गुरुङ चलचित्रले पनी ओस्कार अथवा कुनै अन्तरराष्ट्रिय एवार्डको लागी नोमिनेशन हुन पग्यो भन्ने सोचले आफु अगाडी बढेको बताए । आफ्नै  आफ्नै गाउ ठाउको बिभिन्न जात जातिको भाषा, संस्कार र संस्कृतीमा आधारित चलचित्र निर्माण गर्दा बास्तविक अर्गानिक चलचित्र निर्माण हुने बताएका छन् ।

गुरुङ संस्कार र संस्कृतीमा अाधारित चलचित्र भए पनी नेपाली भाषामा निर्माण भएको  हुँदा चलचित्रले सम्पूर्ण दर्शकहरुलाई आकर्शित गर्ने  निस्चित छ । सुर्य गुरुङ(हङकङ)गोपाल गुरुङ (युके),बसन्त गुरुङ(सोमालिया)लीला गुरुङ र खुशी गुरुङ(हङकङ)ले खै ओ म्ही थेबा चलचित्रको  निर्माण गरेका हुन् ।

जानकारी सभामा खै ओ म्ही थेबा चलचित्रको पोस्टरलाइ निर्देशक सुभाष गुरुङ, निर्माता सुर्य गुरुङ,मिलन फाउन्डेसनका अध्यक्ष तथा भेडी गोठाले चलचित्रका निर्माता दुर्गा मिलन गुरुङ,नायक बिस्वास गुरुङ, गीतकार बज्रकुमार थुलुङ राईले पोस्टर सार्वजनिक गरेका थिए भने कार्यक्रमलाई लक्ष्मी गुरुङले सन्चालन गरेकी थीईन् ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News