HongKongNepali.com, The Next Media

Saturday
Jan 20th
Home हङकङ समाचार हङकङका मगरहरुले १४ जनवरीका दिन भब्य माघे सङ्क्रान्ती मेलाको आयोजना गर्दै

हङकङका मगरहरुले १४ जनवरीका दिन भब्य माघे सङ्क्रान्ती मेलाको आयोजना गर्दै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

८ डिसेम्बर हङकङ

मगर संघ हङकङले वार्षिक रुपमा आयोजना गर्दै अाइरहेको मगरहरुको सास्कृतिक पर्व "माघे सङ्क्रान्ती" यो बर्ष जनवरी १४ को दिन मङ्किहिलमा भब्यरुपमा मनाउने भएको छ । हङकङका अत्याधिक मगरहरुको जनसहभागीता हुने माघे सङ्क्रान्तीलाई भब्य तथा सभ्य तवरले सु-सम्पन्न हुन गैरहेको छ भन्ने जानकारी सभा मार्फत पोस्टर सार्वजनिक गरेर सन्देश प्रवाह गरेका थिए । हङकङ जस्तो ब्यस्त शहरमा बिदा मिलाउन समस्या हुनेहरुको लागी अग्रिम सुचना र सन्देश प्रवाह गरे पस्चात धेरै जस्तो मगरहरुलाई माघे सङ्क्रान्ती मेलामा जानको लागी आफ्नो कम्पनीमा छुट्टी मिलाउन सहज् हुने र धेरैले बिदा मिलाएर मेला भर्न आउने गरेको बताउछन् ।

मगर संघ हङकङको आफ्नै कार्यालयमा आयोजित जानकारी सभामा मगर संघ हङकङका सल्लाहकार, मगर संघ हङकङका भात्री सस्था साथै हङकङका बुद्धीजिवी मगरहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जनजाती महासंघ हङकङका अध्यक्ष तथा मगर संघ हङकङका भुपु अध्यक्ष  यम बि थापा दर्लामीले माघे सङ्क्रान्ती भब्य तथा सभ्य रुपमा सफल र सम्पन्न होस् भन्ने शुभकामना दिएका थिए । मगर संघ हङकङका  सल्हाकारहरु हेम राज थापा मगर,चुक प्रसाद पुन मगर, जगदिश आले मगर र गङ्गा राना मगरले कार्यक्रम भब्य सफलअताको शुभकामना दिनुको साथै माघे सङ्क्रान्ती मेला भब्य तथा सभ्य रुपमा सु- सम्पन्न गर्नको लागी आफ्ना सल्लाह र सुझाब दिएका थिए ।

आदिवासी जनजाती समुदाय मध्य प्रकृतिक पुजक मगर समुदायले माघे सङ्क्रान्तीलाई परापुर्वकाल देखी नै धुमधामले मनाउदै अाइरहेको पाईन्छ । बर्तमान परीवेशमा बिभिन्न जातजातीले आफ्नो भाषा, धर्म, सस्कार र सँस्कृतीक पहिचान र उथ्थान् सबैले गर्न थाले पछी मगरहरु बिच माघे सङ्क्रान्ती पर्व झनै लोकप्रिय बन्दै गैरहेको छ । नेपाल सरकारले माघे सङ्क्रान्तीको दिन सार्वजनिक बिदा दिए पछी देश तथा बिदेशमा बस्ने मगर समुदायले माघे सङ्क्रान्तीलाई बिशेष महत्व दिनुको साथै यस्को महिमा दिन-प्रतिदिन बढ्दै गैरहेको छ ।

मगर संघ हङकङकी अध्यक्ष श्रीमती युगमाया राना मगरले माघे सङ्क्रान्तीको बारेमा जानकारी दिदै यो बर्ष पनी मगरहरुले माघे सङ्क्रान्तीमा  खेलीने बिशेष खेलहरु डोरी तान्ने, छेलो हान्ने, घैटो फुटाल्ने,म्युजिकल चियर खेलाइने बताइन् । माघे सङ्क्रान्ती बिशेष परिकारहरुमा खिचडी, तरुल,भुटुवा सेलरोटी,बारा साथै बिबिक्युको प्रबन्ध मिलाइेको बताइन् भने मनोरन्जन तर्फ कौराहा,हुर्‍रा,पुर्खेउली नाच,मगर भेषभुषा प्रतियोगिता लगायत अन्य बिबिध कार्यक्रम राखिएको जानकारी दीएकी थीइन् । बिगतका बर्षहरुमाझै यो बर्ष पनी हङकङका सम्पूर्ण मगर तथा गैर मगरहरुलाई कार्यक्रममा सरिक भएर माघे सङ्क्रान्ती मेला भब्य तथा सभ्यरुपमा सम्पन्न गर्न सम्पूर्णलाई चुले निम्तो दिएका छन् ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News