HongKongNepali.com, The Next Media

Tuesday
Jun 19th
Home हङकङ समाचार ३४ बर्षको लामो अन्तराल पछी नेपाल र हङकङ मैत्रिपूर्ण भलिबल खेल्दै

३४ बर्षको लामो अन्तराल पछी नेपाल र हङकङ मैत्रिपूर्ण भलिबल खेल्दै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१० डिसेम्बर हङकङ

हङकङका भलिबल दर्शकहरुले नेपालको राष्ट्रिय भलिबल टिम र हङकङको राष्ट्रिय भलिबल टिम बीच हुने मैत्रिपूर्ण भलिबल खेल ३४ बर्षको लामो अन्तराल पछी प्रत्यक्ष हेर्न पाउने भएका छन् । सन १९९६ देखी हङकङका नेपाली समुदायका बिभिन्न संघ सस्थाले बिभिन्न चाड पर्वको मौकामा चुनमुनमा आयोजना गरीदै आएको भलिबल खेलले पछील्लो केही बर्ष देखी नेपालका चर्चित चर्चित भलिबल खेलाडीहरुलाई हङकङमा आमन्त्रण गरेर भलिबलले दर्शकहरुको अत्याधिक जमघट गराउदै अाइरहेको छ । अझै नेपाल र हङकङ बीचको मैत्रिपूर्ण भलिबल खेल हुने भने पछी हङकङका भलिबलप्रेमीहरु प्रत्यक्ष खेल हेर्न पाउने भए पछी थप् उत्साहित भएका छन् ।

 

नेपाल भलिबल संघले नियुक्ती गरेको हङकङ तथा पुर्वी एसियाका भलिबल सद्भावनादुत रहेका निरन्जन गुरुङको पहलमा पुन हिल क्लव हङकङको आयोजनामा उक्त मैत्रिपूर्ण भलिबल आयोजना हुने कुरो पत्रकार सम्मेलन द्वारा जानकारी गराएका छन् । अर्को महिनाको जनवरी २७, २८ र २९ गते लगातार तीन दिन हुने भलिबल खेलमा पहिलो दिन चुनमुन स्थित बाटरफलाई बीचमा बेलुकी ४ बजे देखी नेपालको राष्ट्रिय भलिबल टिम बिरुद्ध हङकङ नेपाली भलिबल टिमले प्रतिस्प्रधा गर्ने छन् । दोश्रो दिन २८ जनवरी आईतवार शातिन स्थित युनचाउ कोक स्पोर्टस सेन्टरमा हङकङ राष्ट्रिय भलिबल टिमका बिरुद्ध नेपाल राष्ट्रिय भलिबल टिम बेलुकी ७ बजे प्रतिस्प्रधा गर्ने छन् । तेश्रो तथा अन्तिम दिन नेपाल र हङकङ बिच शेङ्सुइ स्थित पो विङ रोड स्पोर्टस सेन्टरमा बेलुकी ७ बजे देखी खेल सन्चालन गरीने भएको छ । जोर्डन स्थित चुम्लुङ हिममा आयोजित जानकारी सभामा पत्रकार, खेलाडी, समाजका बुद्धिजिवी तथा भिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थितीमा उक्त जानकारी सभा सम्पन्न भएको थियो ।

हङकङ तथा पुर्वी एसियाका लागी नेपाल भलिबल संघको भलिबल सद्भावना दुत निरन्जन गुरुङले नेपाल र हङकङ बिच हुने भलिबल खेल हेर्न दर्शकहरुले कुनै पनी शुल्क तिर्न नपर्ने बताएका छन् । ५ बर्ष अगाडी देखीको मेरो सोच अनुरुप नेपाल र हङकङ बिच मैत्रिपूर्ण भलिबल खेल खलाउने सपनालाई आफुले गुरु मान्दै आएका नेपालका पुर्व राष्ट्रिय भलिबल खेलाडी जय नारायण चौधरी लगायत स्याङ्जा जनसेवा समिती हङकङका अध्यक्ष इश्वर गुरुङ लगायत समाजका बिभिन्न भद्र भलाद्मीहरु सँगको सल्लाह, सुझाव, साथ र सहकार्यले गर्दानै अहिले यो मैत्रिपूर्ण खेल खेलाउन सम्भव भएको बताएका छन् ।

नेपालका पुर्व राष्ट्रिय भलिबल खेलाडी जय नारायण चौधरीले कार्यक्रममा बोल्दै आफुहरुले ३४ बर्ष अगाडी जापानमा भएको खेलमा नेपालले हङकङलाई पराजित गरेको स्मरण गराए । चौधरीले नेपाल र हङकङ बिचको भलिबल खेलको निम्ती दुबै देशको भलिबल संघ बिच समन्वय गरे पस्चात हङकङ भलिबल संघले खेल्ने सहमती जनाएको बताए । माल्दिप्समा भएको सेन्ट्रल जोन भलिबलमा नेपालले ४३ बर्ष पछी मेडल प्राप्त गरेको खुशीयाली साथै नेपाल सरकार द्वारा भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मन्यता दिए पछी खेलाडीहरुको उच्च मनोबलको निम्ती निरन्जन गुरुङले ल्याएको सोचलाई साकार पार्न भेला भएका उपस्थित सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको अन्त्यमा पोस्टर सार्वजनिक गर्नुको साथै पत्रकारहरुले उठाएको जिज्ञासालाई आयोजकले जवाफ दिएर कार्यक्रमको समापन गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News