HongKongNepali.com, The Next Media

Saturday
Aug 18th
Home हङकङ समाचार गितकार भन्द्रकला आङ्बुहाङ राईको "एक्लोपन" म्युजिक भिडियो सार्वजनिक

गितकार भन्द्रकला आङ्बुहाङ राईको "एक्लोपन" म्युजिक भिडियो सार्वजनिक

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२३ डिसेम्बर हङकङ

हङकङमा बसेर नेपाली गीत रचना गर्ने गितकारहरु मध्य भद्रकला आङ्बुहाङ राई पनी एक हुन् । अहिले सम्म धेरै गायक गायिकाहरुले गितकार आङ्बुहाङको गीतमा स्वर दिसकेका छन् । आफुलाई बिभिन्न सामाजिक कार्यहरुमा सकृय राख्दै आफ्नो गीत लेखनमा पनी निरन्तरता दिरहेका छन् । हालसालै मात्र हङकङमा छायाङ्कन गरीएको नयाँ गीत एक्लोपन जोर्डन स्थित हङ्रीअाई रेष्टुरेन्टमा एक समारोहको बिच सार्वजनिक गरेका छन् ।

हङकङमा हाल सम्म जतिपनी म्युजिक भिडियोहरु छायाङ्कन गरीए पनी सम्पादन गर्न नेपाल पठाउने गरिए पनी पहिलो पटक ज्याप स्टुडियो हङकङ द्वारा सम्पूर्ण सम्पादन हङकङमै गरेर उक्त भिडियो सार्वजनिक गरेको हो । हङकङमा बन्ने म्युजिक भिडियो मध्य अहिले सम्मको सबै भन्दा ठुलो बजेटमा "एक्लोपन" म्युजिक भिडियो निर्माण भएको छ । नेपाल बाट चर्चित नायिका केकी अधिकारीलाई म्युजिक भिडियोमा खेलाउन हङकङमा निमन्त्रणा गरीएको थियो ।

चर्चित गायक स्वारुपराज आचार्य र प्रविशा अधिकारीको स्वर रहेको गितलाई बादल लिम्बुले संगित भरेका छन् । म्युजिक भिडियो छायाङ्कनको निम्ती कलाकारहरु नेपाल बाट चर्चित नायिका केकी अधिकारी हङकङ आएका थिए भने स्थानिय कलाकार ओम प्रकाश राई र बिकास लिम्बुले पनि केकी सँग अभिनय गरेका छन् । दर्जन भन्दा धेरै गुरुङ चलचित्र लेखन तथा निर्देशन गरीसकेका शुवास गुरुङले निर्देशन गरेका छन् ।     म्युजिक भिडियो सार्वजनिक गरे पछी "एक्लोपन" लाई अत्याधिक दर्शकहरुले मन पराउनुका साथै सकरात्मक सुझाव प्राप्त भैरहदा गीतकार भद्रकला आङ्बुहाङ अझै उत्साहित भएकी छिन् ।

ब्यावसायिक रुपमा स्थापित हङकङका नेपालीहरु माझ चिरपरिचित एक मात्र ज्याप स्टुडियोका प्रबन्धक तथा भिडियोग्राफर बिक्रम गुरुङले कुनै पनी कामको लागी बजेट  सुहाउदो काम अनुसारको क्वालिटी अव नेपालमा मात्र होइन हङकङ बाट पनी दिन सकिने धारणा ब्याक्त गरेका छन् ।कार्यक्रमलाई पत्रकार अनोज रोक्काले सन्चालन गरेका थिए ।

https://www.youtube.com/watch?v=5h99YwgtX88

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News