लाफा इन्भेष्टमेन्ट लिमिटेडको सामुहिक लगानी समन्धी हङकङमा अन्तर्कृया

Print
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२४ डिसेम्बर हङकङ

लाफा इन्भेष्टमेन्ट लिमिटेडले देश बिदेशमा छरीएर रहेका नेपालीहरुको पुजीलाई सामुहिक लगानी मार्फत नेपालमा लगानी भित्राएर कसरी मुनाफा आर्जन गर्न सकिन्छ भन्ने बिषयमा जोर्डन स्थित चुम्लुङ हिममा  अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको निम्ती लाफा इन्भेष्टमेन्ट लिमिटेडका डारेक्टर तथा नेपाल मगर संघका बिदेश बिभाग प्रमुख रक्षा रैका मगर,लाफा इन्भेष्टमेन्ट लिमिटेडका चाटर्ड एकाउन्टेन्ट जनक थापा र नेपाल मगर पत्रकार संघका उपाध्यक्ष तथा एबिसी टेलिभिजन प्रदेश नम्बर ४ का ब्युरो प्रमुख एम बी आस्था मगर नेपाल बाट हङकङ आएका थिए ।

रक्षा रैका मगरले लाफा इन्भेष्टमेन्ट लिमिटेडको बारेमा बोल्ने क्रममा नेपालमा मगरहरु जनसङ्ख्याको हिसाबले तेश्रो ठुलो जनसङ्ख्या र जनजाती आदिवासीहरु मध्य सबै भन्दा धेरै जनसङ्ख्या भएको जाती आर्थिक, शैक्षिक र राजनीतिक क्षेत्रमा निकै दयनिय अवस्थामा रहेको छ । समग्र मगरहरुको आर्थिक सम्रिद्धीको निम्ती हामीले केही गर्नै पर्छ हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भनेर ब्रिहत छलफल पस्चातनै मगरहरुको आर्थिक सम्रिद्धीको निम्ती लाफा इन्भेष्टमेन्ट लिमिटेडको जन्म भएको बताएका छन् ।लाफा इन्भेष्टमेन्ट कम्पनीमा शेयर लगानी गर्नेहरु नेपाल भन्दा बिदेशमा बस्ने नेपालीहरुको अत्याधिक रहेको र गैर आवासिय नेपाली मगर तथा गैरमगरहरुको पुजीलाई सामुहिक लगानीमा पारीणत गर्दै लैजाने मुख्य उदेश्य रहेको भनेका थिए ।

सुरुवातमा ३५ जना बाट प्राइभेट कम्पनीको रुपमा दर्ता भए पनी हाल आएर पब्लिक कम्पनीमा रुपान्तरण हुँदा ११७ जना पुगी सकेको बताएका छन् । लाफा इन्भेष्टमेन्ट लिमिटेडको नामाकरण मगर भाषामा नै राख्नुको कारण मगरहरुले नै मगरकै लागी अभियान चलाएको हुँदा लाफा नामाकरण गरीएको हो । अव हामी लाफा ब्रान्ड निर्माण गर्न चाहन्छौ र मगरहरुलाई एकता गर्न चाहन्छौ । अहिले सम्म १६ देशमा बस्ने नेपालीहरु लाफा इन्भेष्टमेन्ट लिमिटेडमा आबद्ध भै सकेको भनेर जानकारी गराएका थिए । लाफाले शुरुवातमा पोखरा, काठमाण्डौ र मोरङमा तीन साना साना लगानी सफल गरी सकेको र अहिले नयाँ पारीयोजना अन्तर्गत लाफा भिलेजको अवधारणा अगाडी ल्याएको बताएका छन् । त्यसको लागी स्विजरल्यान्ड पार्कमा ४० रोपनी जग्गा लिएर अहिले जग्गा सम्म्याउने काम भै रहेको जानकारी दिएका छन् ।

लाफा इन्भेष्टमेन्ट लिमिटेडका चाटर्ड एकाउन्टेन जनक थापाले कम्पनीले हाल सम्म गरेको उपलब्धी विवरण र भावी कार्ययोजना अन्तर्गत कम्पनीले आर्जन गर्न सक्ने सम्भावित मुनाफाको बारेमा बोलेका थिए । प्राइभेट कम्पनी बाट पब्लिक कम्पनीमा दर्ता भए पस्चात कुल पुजी ५० करोड पुगेको र चुक्ता पुजी ७ करोड रहेको बताए । हाल लाफा भिलेज प्रोजेक्टमा ४० रोपनी जमिनलाई १९ करोड लगानी गरीएको साथै प्लटिङ गर्दा सम्म २४ करोड पुग्ने अनुमान गरीएको छ। सोही जग्गा बाट १०० घडेरी बिक्री गर्न सकियो भने कम्पनीले ७ करोड फाईदा लिन सकिने जानकारी दिएका थिए । दोश्रो चरण अर्को ६० रोपनी जग्गा लिएर लाफा भिलेजको बिस्तार गर्ने गुरुयोजना रहेको बताएका छन् ।

नेपाल मगर पत्रकार संघका उपाध्यक्ष तथा एबिसी टेलिभिजन प्रदेश नम्बर ४ का ब्युरो प्रमुख एम बी आस्था मगरले पोखरामा खाने पानीमा लगानी गर्ने होकी भनेर खाने पानीको निम्ती मुहान निरिक्षण गरीएको बताएका थिए । पोखरा मुलुककै पर्यटकिय क्षेत्र भएको हुँदा पर्यटन उध्योगमा पनी लगानी गरे मनाफा लिन् सकिने बिचरा राखेका थिए ।

अन्त्यमा सहभागीहरु बाट उठेको जिज्ञासाको सवाल जवाफ पछी कार्यक्रम सम्योजक जङ्ग थापाले कार्यक्रमको समापन गरेका थिए ।

{gallery}gallery/lafa_investment_interaction_news_hk{/gallery}