HongKongNepali.com, The Next Media

Tuesday
Apr 24th
Home हङकङ समाचार छैटौ फियोना रनिङ् सिल्ड भलिबल पर्वतको पोल्टामा पार्न सफल

छैटौ फियोना रनिङ् सिल्ड भलिबल पर्वतको पोल्टामा पार्न सफल

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२५ डिसेम्बर हङकङ

लगातर दुई पटक जितेर तेश्रो बर्ष रनिङ् सिल्ड सहित हङकङ डलर ३५,००० (२५,०० हजार रनिङ् सिल्ड १०,००० हजार प्रथम पुरुस्कार) उचाल्ने तरखरमा रहेको पुन क्लवलाई फाइनल खेलमा सोझो ३-० सेटमा फराकिलो नम्बरको अन्तरले जितेर यो बर्षको फियानो रनिङ् सिल्ड पर्वतले उचालेको छ । नेपाल बाट आएका ४ जना भलिबल खेलाडीहरु मध्य डिबी भट्टलाई सनराइज क्लवले लक्ष्मण श्रेष्ठलाई पर्वत कल्वले घनस्याम चौधरीलाई स्याङ्जाले र हरी थापालाई पुन क्लवले निमन्त्रणा गरेर सहभागी भएको खेलमा एक मात्र टिम घान्द्रुक टिमको हङकङकै स्थानिय खेलाडी सहभागी थिए । पुन क्लवका बिरुद्ध सनराइज क्लव बिच भएको सेमीफाइनल खेलमा सनराइज क्लवले पटक पटक रेफ्रीले गलत निर्णय गरेको असहमती जनाउदै रेफ्री परिवर्तन गर्न अनुरोध गर्दा आयोजकले नमाने पछी खेललाई स्थगित गरेर हिंडेका थिए । अर्को सेमीफाइनल खेलमा पर्वत कल्वले आँधीखोला स्पोर्टस क्लव स्याङ्जालाई जितेर फाइनल खेलमा प्रवेश पाएको थियो ।

क्रिसमसको बिदा परेको हुँदा खेल हेर्न दर्शकहरुको निक्कै ठुलो भिड लागेको थियो तर हङकङको भलिबल ईतिहासमा सबै भन्दा थोरै ५ टिमले मात्र प्रतिस्प्राधा गरेको यो पहिलो पटक हो । फाइनल खेलमा पर्वत क्लव बाट नेपालका पुर्व राष्ट्रिय भलिबल खेलाडी सञ्जय अर्याल र क्षेत्रिय खेलाडी लक्ष्मण श्रेष्ठ सम्मिलित तथा पुन क्लव बाट नेपाल बाट आएका राष्ट्रिय भलिबल खेलाडी हरी थापाको सहभागिता रहेको हुँदा फाइनल खेल निक्कै रोचक हुने अनुमानमा दर्शकहरु अत्याधिक जम्मा भएका थिए तर भने जस्तो खेलमा प्रतिस्प्राधा हुन सकेन । सञ्जय अर्यालको योगदानले गर्दा नै बिजेता बन्न सफल पर्वतको अगाडी अन्य टीमको खेल खासै जम्न सकेनन् ।

पुरुस्कार बितरण समारोहमा बिजेता तथा उपबिजेता खेलाडीहरुलाई गैर आवासिय नेपाली संघ हङकङका अध्यक्ष श्रीमती टिका गुरुङ,हङकङ नेपाल ब्यापार संघका अध्यक्ष प्रकाश पुन, फियोना हङकङका अध्यक्षले पुरुस्कार बितरण गरेका थिए । रेफ्रीहरु राज कुमार गुरुङ, बिजय गुरुङ, लालकाजी गुरुङले सन्चालन गरेको खेलमा बेस्ट प्लेयरको उपाधी सञ्जय अर्याललाई प्रदान गरीएको थियो भने म्यान अफ दी म्याच हरी थापालाई प्रदान गरेका थिए ।

स्मरण रहोस् ३१ जनवरी आईतवारको दिन सोही ठाउँमा पुण क्लव द्वारा ९ औ खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News