ताप्लेजुङ बाजारमा सार्वजनिक शौचालय निर्माणको निम्ती हङकङमा साँगीतिक कार्यक्रम

Print
AddThis Social Bookmark Button

तुल्सी राना मगर

३० डिसेम्बर हङकङ

ताप्लेजुङ समाज हङकङले आफ्नो जिल्लाको ताप्लेजुङ बाजारमा सार्वजनिक सौचालय निर्माणार्थ  कन्चन्जङ्घा साँगीतिक कार्यक्रम २०१८ आयोजना गर्ने भएको छ । नेपाल बाट ९ जनाको कलाकार समुह हङकङमा निमन्त्रणा गरेर गर्न गैरहेको कार्यक्रम बाट उठेको रकमले ताप्लेजुङ बजारमा सार्वजनिक सौचालय निर्माण गर्न गैरहेको बताएका छन् । पत्रकारहरुको माझ जोर्डन स्थित चुम्लुङ हिममा आयोजित जानकारी सभामा सस्थाका अध्यक्ष सञ्जय तुम्बाहाम्फेले उक्त कार्यक्रमको बारेमा जानकारी गराएका थिए । चाइनिज नयाँ बर्षको बिदा पारेर १९ फेब्रुवरी दिउसो १ बजे देखी याउमातेइ कम्युनिटी हलमा कार्यक्रम शुरु हुने छ ।

 

साँगीतिक कार्यक्रमको मुख्य आकर्शकको रुपमा चर्चित गायक प्रमोद खरेल रहेका छन् । अन्य कलाकारहरुमा डान्सर तथा मोडेल रन्जिता लिम्बु, डान्सर रुपा आङ्बुहाङ, गायक रुकमान लिम्बु, गायक ईन्द्र लिम्बु, हास्यकलाकार भरत मनी पौडेल,गायिका पुर्णिमा लामा, गायक एक्देब लिम्बु र नेपाल अाइडल अडिसन राउन्डमा राम्रो गाउदा गाउदै निर्णयकहरुको नजरमा पर्न नसकेकी तर दर्शक श्रोताको माया पाएर चर्चामा आएकी सविना योङ्हाङ पनी हङकङ आउने भएकी छन् ।

चर्चित गायक प्रमोद खरेलले आफु पनी ताप्लेजुङ् जिल्लाबासी भएको हुनाले ताप्लेजुङ् बाजारमा सार्वजनिक शौचालय निर्माणार्थ आफ्नो तर्फ बाट ७५,००० (पचहत्तर हजार) रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । अन्त्यमा ताप्लेजुङ समाज हङकङका कार्यसमिती द्वारा कार्यक्रमको पोस्टर सार्वजनिक गरेका थिए ।

स्मरण रहोस् यो भन्दा अगाडी पनी ताप्लेजुङ समाज हङकङले आफ्नो जिल्लाको डकुमेन्ट्री निर्माण गरीसकेका छन् ।

{gallery}gallery/kanchanjanggha_sanggitika_karyakram_2018_hk{/gallery}