Home हङकङ समाचार क्यान्सर पीडित बिरामीलाई लाङ्घालीको आर्थिक सहयोग

क्यान्सर पीडित बिरामीलाई लाङ्घालीको आर्थिक सहयोग

E-mail Print PDF
AddThis Social Bookmark Button

लाङ्घाली कल्याण समाज हङकङले क्यान्सर पीडित एकल महिला इन्दिरा थापा मगरलाई उपचारको निम्ती आर्थिक सहयोग सङ्कलन गरेर २,८९,५१० (दुई लाख उनान्ब्बे हजार पाचसय दश) रुपैया हस्तान्तरण गरेको छ । सुनसरी जिल्ला धरान उप-महानगर पालिका बस्ने ३१ बर्षिय इन्दिरा थापा मगरलाई सस्थाका सचिव शिशिर पुर्वाछाने मगरले नेपाल भ्रमणको बेला प्रतक्ष बिरामीलाई भेटेर उक्त सङ्कलित रकम हस्तान्तरण गरेका हुन् । क्यान्सर पीडित थापा मगरको अहिले काठमान्डौ हात्तीबन स्थित नेपाल क्यान्सर अस्पातलमा उपचार भै रहेको र स्वास्थ्यमा केही सुधार आएको जानकारी प्राप्त भएको छ । पीडित बिरामीको एक मात्र १० बर्षिय छोरा छन् भने श्रीमानको मृत्‍यु बैदेशिक रोजगारको क्रममा मलेशियामा भएको थियो ।

लाङ्घाली क्ल्याण समाज हङकङका अध्यक्ष हर्क राना मगरले  बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग सङ्कलनमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिदै उहाहरुले पुर्‍याउनुभएको योगदानको सधैं लाङ्घाली कल्याण समाजले उच्च कदर गर्ने बताएका छन् ।

स्मरण रहोस् लाङ्घाली कल्याण समाज हङकङ मगर संघ हङकङको एउटा भात्री सङ्गठनको रुपमा रहेकोले नेपालको पुर्वी क्षेत्र बाट हङकङमा आएर बसोबास गर्ने सम्पूर्ण मगरहरुलाई एकजुट बनाएर दु:ख,आपत परेको बेलामा एकापसमा सहयोग आदन प्रदानको निम्ती हातेमालो गर्ने बलियो सस्था हो ।

{gallery}gallery/langghali_klyan_news _hk{/gallery}

 

Latest News