HongKongNepali.com, The Next Media

Tuesday
Apr 24th
Home हङकङ समाचार हङकङका मगरहरुलाई माघे सङ्क्रान्ती मेलाले एकै थलोमा जमघट गरायो

हङकङका मगरहरुलाई माघे सङ्क्रान्ती मेलाले एकै थलोमा जमघट गरायो

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१४ जनवरी हङकङ

मगर संघ हङकङले आईतवारको दिन मङ्की हिलमा भब्य तथा सभ्य तवरले मगर माघे सङ्क्रान्ती मेला सम्पन्न गरेको छ । मगर पहिरनमा सजिएर आएका मगरहरुको बिशाल जमघटलाई नियालेर हेर्दा दशकौ देखी हामी नेपालीहरु  बिदेशमा बसे पनी आफ्नो भेषभुषा, संस्कार र संस्कृती प्रती अगाध प्रेम सबैले दर्शाएको देखिन्थ्यो । बिगतको बर्षहरुमा झै यो बर्ष पनी मगर संघ हङकङले बिबिध कार्यक्रम गरेर माघे मेला सम्पन्न गरेका थिए । गतबर्ष भन्दा यो बर्ष अत्याधिक जनसहभागीता भएकोहुँदा आयोजकलाई माघे परिकार उपलब्ध गराउन हम्मे परेको थियो । आयोजकका अनुसार गत बर्ष भन्दा यो बर्ष मेला भब्य हुने अनुमान गरेर नै माघे परिकारको मात्रा ब्रिद्धी गरे पनी अत्याधिक जनसहभागीता भएकोहुँदा मेलामा आउनेहरुलाई सहजरुपमा माघे परिकार उपलब्ध गराउन नसकेको आयोजकको भनाइ रहेको छ । यो बर्षको कमी कम्जोरीलाई आउने बर्षमा सच्च्याउदै मेलालाई अझै भब्य बनाउने बताएका छन् । यद्धपी यो बर्ष मेलामा आउने कयौले धेरैबेर लाइनमा बसेर पनी माघे परिकार प्राप्त गर्न नसकेको गुनासो पोखेका थिए ।

माघे सङ्क्रान्ती मेलामा शिक्षा, खेल्कुद, साहित्य लगायत बिबिध बिधामा सफलता हासिल गर्ने मगरहरुलाई मगर संघ हङकङले सम्मान  गरेका थिए । जस अन्तर्गत LLB honors ,LLM and LPC बेलायत बाट सबै परिक्षामा उच्च अङ्क ल्याएर उत्रिण हुन सफल प्रकाश थापा मगर , Msc public  Health AIU बङ्गलादेश बाट उत्रिण हुन सफल नबिना पुन मगर , PGDE English Open  University Hong Kong बाट उत्रिण हुन सफल बसन्ती केल्ली पुन ,BEd -Frist Class Honor, 2016 - The Education University  of Hong Kong बाट पहिलो श्रेणीमा उत्रिण हुन सफल श्रीजना (शारु) पुन मगर, BSS Business  Australia बाट उत्रिण हुन सफल सब्बु दर्लामी मगर, BBS Finance युके बाट उत्रिण हुन सफल रोशनी राना मगर, BSS Business  Australia बाट उत्रिण हुन सफल सुरेन्द्र थापा मगर, Miss Hong Kong Nepal 2017  फस्ट रनरअप प्रजिला गर्बुजा मगर , एसियन सिटिज तेक्वन्दो च्याम्पियन शिप २०१७ जित्न सफल मिसन कुमार रस्कोटी मगर,एसियन सिटिज तेक्वान्दो च्याम्पियन शिप २०१७ जित्न सफल अलास पुन मगर, एसियन सिटिज तेक्वन्दो च्याम्पियन शिप २०१७ जित्न सफल बिकास थापा मगर,तेक्वान्दो गोल्ड मेडलिस्ट यान ओई तोङ २०१७ जित्न सफल प्रकाश थापा मगर र "माइत जाने बाटो" कविता कृतीका लेखिका सुनिता गिरी (राना)लाई सम्मान गरेका थिए ।

मगर माघे सङ्क्रान्ती मेलाको प्रमुख अतिथीको रुपमा आसिन टेक बहादुर पुन मगरले पानसमा दियो प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । बिशेष अतिथीहरु हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, गैर आवसिय नेपाली संघ हङकङकी अध्यक्ष टिका गुरुङ, आदिवासी जनजाती माहासंघ हङकङका अध्यक्ष किसन राइको बिशेष उपस्थिती रहेको थियो । अन्य अतिथीहरुमा हङकङका बिभिन्न जातिय तथा छेत्रीय संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिशेष अतिथी हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, गैर आवसिय नेपाली संघ हङकङकी अध्यक्ष टिका गुरुङ, आदिवासी जनजाती महासंघ हङकङका बर्तमान् अध्यक्ष किसन् राइ र आदिवासी जनजाती महासंघ हङकङका निवर्तमान अध्यक्ष तथा मगर संघ हङकङका पुर्व अध्यक्ष यमबी दर्लामी मगरले माघे सङ्क्रान्तीको शुभकामना मन्तब्य दिएका थिए ।

मगर संघ हङकङकी अध्यक्ष युगमाया राना मगरको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रमलाई महासचिव निलम थापाले सन्चालन गरेकी थीईन । कार्यक्रमलाई बरिष्ठ उपाध्यक्ष थल श्रिस मगरले स्वागत मन्तब्य सहित् माघे सङ्क्रान्तीको बिषयमा प्रकाश परेका थिए । औपचारिक  कार्यक्रमको समापन पस्चात दोश्रो चरणमा बिबिध मनोरन्जनात्मक कार्यक्रम सन्चालन भएको थियो । मगरहरुको पहिचान सङ्ग जोडीएका लाइभ कौडा गीत ,पुर्खेउली नाच, कौडा नाच, हुर्रा नाच, डोरी तान्ने खेल, घैटो फोड्ने खेल, छेल्लो हान्ने खेल खेलाएर बिजेताहरुलाई पुरुस्कारले सम्मान गरेका थिए । नाचगान गर्नेहरुको बक्क्लो भिड हुँदा हुँदै कार्यक्रम रातको ११ बजे स्थगित गर्नु परेको थियो

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News