HongKongNepali.com, The Next Media

Sunday
Aug 19th
Home हङकङ समाचार बुटवल हिल पार्कमा निर्माण हुन गैरहेको आदिवासी जनजाती सङ्राहालय भवनको निम्ती हङकङमा ३६ लाख बढी सङ्कलन

बुटवल हिल पार्कमा निर्माण हुन गैरहेको आदिवासी जनजाती सङ्राहालय भवनको निम्ती हङकङमा ३६ लाख बढी सङ्कलन

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२१ जनवरी हङकङ

बुटवल हिलपार्क सहयोग समिती हङकङले बुटवल हिल पार्कमा निर्माण हुन गैरहेको आदिवासी जनजाती सङ्राहालय भवनको बारेमा ब्रिहत जानकारी दिने हेतुले जोर्डन स्थित चुम्लुङ हिममा जानकारी सभाको आयोजना सम्पन्न गरेको छ । जानकारी सभामा सहयोग समितीले अहिले सम्म प्राप्त भएको सहयोग दाताहरुले प्रदान गरेको आर्थिक विवरण प्रस्तुत गरेका थिए । भाईबर ग्रुपमा सिमित अभियान मार्फत अहिले सम्म भवन निर्माण समितीले ३५ लाख भन्दा धेरै सङ्कलन गर्न सफल भैसकेको जानकारी गराएका छन् । कतिपय दाताहरुले कार्यक्रम स्थलमै आएर आर्थिक सहयोग गरेका थिए भने अहिले पनी आर्थिक सहयोग आउने क्रम जारी रहेको जानकारी गराउदै पछील्लो अपडेट अनुसार ३६,३९,२७५ (छत्तिस लाख उनान्चालिस हजार दुई सय पचहत्तर्)सङ्कलन भएको जानकारी गराएका छन् । कोष शाखा प्रमुख गणेश जङ्ग रानाले अर्थ सङ्कलनको सम्पूर्ण बिवरण प्रस्तुत गरेका थिए ।

 

बुटवल हिल पार्क सहयोग समिती हङकङका सम्योजक हेमराज थापाले जानकारी सभामा सम्बोधन गर्दै आदिवासी जनजाती सङ्राहालय भवनको निम्ती सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका छन् ।  बुटवल उप महानगर पालिका बाट सङ्राहालयको निम्ती जमिन प्राप्त भएको हुँदा भुमिपुत्र आदिवासी जनजातीहरुको  आफ्नो ईतिहास आफ्नो पहिचान आफ्नो अस्तित्व आफ्नो पुर्खाको बिरगाथाहरु सङ्रह गरी अभिलेखी करण गर्न आदिवासी जनजाती सङ्राहालय भवनको निम्ती अभियान चलाएको बताएका छन् । २०५६ सालमा स्थापना भएको बुटवल हिलपार्क परिषदमा हाल सम्म बिभिन्न ब्याक्ती,समुदाय र संघ सस्था गरी चार करोड भन्दा बढी खर्च गरेर सडक,बिद्युत,पानी, पिकनिक स्पोर्ट र चिल्ड्रेन पार्क निर्माण भैरहेको जानकारी गराएका थिए ।

आदिवासी जनजाती सङ्राहालय भवनको निर्मानार्थ अनुमानित लागत खर्च एक करोड पचास लाख लाग्ने बताएका छन् । हङकङमा रहेका बिभिन्न नेपाली संघ सस्थाहरुले जस्तै : धरानको घण्टा घर जुन हङकङमा बस्ने धरानेहरुको योगदानको चिनो स्वरुप धरानमा स्थापित भएर बसेको छ । डा. महाबिर पुनले स्थापना गरेको राष्ट्रिय अविस्कार केन्द्रको निम्ती हङकङको सकृय सस्था मोना हङकङले लाखौं लाख रुपैया सङ्कलन गरेर देखाएको एकता र आत्मियता अन्यको लागी उदाहरणिय भएको छ ।  हालसालै धरानको मुख्य पर्यटक स्थल भेडेटारमा बन्न गैरहेको बिग बुद्ध निर्माणको  निम्ती हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष प्रदिप थापा अहोरात्र लागीपरेका छन् । बुटवल उप महानगर पालिका तिलोत्तमा नगरपालिकाको योगीकुटीमा निर्मित  मगर घाट निर्माणको निमित्त हङकङ बाट ४० लाख आर्थिक सहयोग सङ्कलन  गरी हस्तान्तरण गरीसकेको जनाउदै फेरी पनी आदिवासी जनजाती सङ्राहालय भवनको निम्ती दुइचार इट्टा थप मद्दतको निमित्त सम्पूर्णलाई  अनुरोध गरेका छन् ।

आदिवासी जनजाती सङ्राहालय भवनको निर्मानार्थ के पुर्व - के पश्चिम, के आदिवासी जनजाती - के बाहुन छेत्री सबैले दिल खोलेर आर्थिक सहयोग प्राप्त भएको कार्यक्रम संचालक यम बि थापा दर्लामीले जानकारी दिएका थिए । कार्यक्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष किसन राइ, उपाध्यक्ष कविता सिन्जापती मगर, मगर संघ हङकङका अध्यक्ष युगमाया राना मगर र जनसंपर्क समिती हङकङका निवर्तमान सभापती बसन्त श्रीनेटले सहयोग र समर्थन सहितको शुभकामना मन्तब्य दिएका थिए ।

सोही कार्यक्रममा मुटु रोगीको सहयोगार्थ पुरन खड्काको सम्योजकत्वमा सङ्कलित  हङकङ डलर १२,६६० ( बार्ह हजार छसय साथी) रोगीको आफन्तलाई हस्तान्तरण गरेका थिए ।

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News