HongKongNepali.com, The Next Media

Tuesday
May 22nd
Home हङकङ समाचार ४ मार्चका दिन हङकङमा १०८ औ अन्तरराष्ट्रिय महिला दिवस मनाउदै

४ मार्चका दिन हङकङमा १०८ औ अन्तरराष्ट्रिय महिला दिवस मनाउदै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

७ जनवरी हङकङ

बिगतको बर्षहरु झै यो बर्ष पनी हङकङका बिभिन्न संघ सस्थामा अग्रसर नेपाली महिलाहरुको संयुक्त नेत्रित्वमा १०८ औ अन्तरराष्ट्रिय महिला दिवस भब्यरुपमा सम्पन्न गर्ने भएका छन् । अन्तरराष्ट्रिय महिला दिवसको बारेमा जानकारी दिने उदेश्यले मुख्य आयोजक रहेको गैर आवासिय नेपाली संघ(एनआरएन) हङकङ र नेपाली महिला संघ हङकङका अध्यक्ष श्रीमती टिका गुरुङले कार्यक्रमको तयारीको बारेमा जानकारी दिएका थिए । एनआरएन हङकङको कार्यालयमा आयोजित  जानकारी सभामा पत्रकार लगायत हङकङका बिभिन्न संघ सस्थामा अग्रसर महिला नेत्रीहरुको उपस्थिती रहेको थियो ।

८ मार्च विश्वभरका महिलाहरुको बिशेष दिन रहने हुँदा उक्तदिन विश्वभरका महिलाहरुले लैङ्गिक बिभेद र असमानता बिरुद्ध र महिला शसक्तीकरणका लागी बिबिध कार्यक्रम गरेर उत्सवको रुपमा मनाउदै अाइरहेको प्रेसित बिज्ञप्तीमा जनाइएको छ । हङकङ नेपाली महिला संघ र गैर आवासिय नेपाली संघ(एनआरएन) हङकङको संयुक्त आयोजना रहेने कार्यक्रमलाई सह-आयोजकको रुपमा नमो: बुद्ध आमा समुह हङकङ, तमु टहो ह्युल हङकङ, मगर संघ हङकङ,सङ्खुवासभा समाज हङकङ,म्याग्दी प्रवासी नेपाली संघ(मोना)र किरात राई चाम्लिङ खाम्बातिमका महिला बिभागले सघाउने भएका छन् । बिबिध कठिनाईका करण ८ मार्चको दिन कार्यक्रम गर्न असमर्थ रहेको जनाउदै ४ मार्चका दिन याउमातेइ कम्युनिटी हलमा दिउसो २ बजे देखी कार्यक्रम हुने बताएका छन् ।

यो बर्ष १०८ औ अन्तरराष्ट्रिय महिला दिवसको निम्ती नेपाल बाट पौरखी नेपालको सस्थापक अध्यक्ष मन्जु गुरुङ प्रमुख वक्ताको रुपमा हङकङ आउने भएकी छिन् । बिगतका बर्ष झै यो बर्ष पनी नेपाली समुदायका कृयाशिल महिलाहरु बाट छनोट द्वारा "बर्ष महिला" लगायत बिभिन्न बिधा द्वारा सम्मान गर्ने भनेका छन् । हरेक बर्ष छुट्टा छुट्टै नारा द्वारा महिला दिवस मनाउदै अाइरहेको थियो भने यो बर्ष "प्रगतीको लागी दवाब" भन्ने मुल नारा सहित् १०८ औ अन्तरराष्ट्रिय महिला दिवस मनाउने भएका छन् ।

 

 

Add your comment

Your name:
Subject:
Comment: