HongKongNepali.com, The Next Media

Tuesday
Apr 24th
Home हङकङ समाचार हङकङमा नेपालको प्रथम सहिद लखन थापा मगरको १४१ औं स्मृति दिवस सम्पन्न

हङकङमा नेपालको प्रथम सहिद लखन थापा मगरको १४१ औं स्मृति दिवस सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१४ फेब्रुवरी हङकङ

आदिवासी जनजाति महासंघ हङकङले १४ फेब्रुवरीको दिन नेपालको प्रथम सहिद लखन थापा मगरको १४१ औं स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ । जोर्डन स्थित मगर संघ हङकङको कार्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाति महासंघ हङकङका भुतपुर्व महासचिव तथा आदिवासी बर्ष पुरुष भुपेन्द्र चेमजोङले प्रथम सहिदको सम्झनामा दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रमको शुरुवातमै प्रथम सहिद क्याप्टेन लखन थापा मगर प्रती एक मिनेट मौन धारणा गरे पछी सहिदको तस्बिरमा सबैले पुष्प गुच्छा अर्पण गर्दै  सम्मान दिएका थिए । प्रमुख अतिथी लगायत विशेष अतिथीहरु: गैर आवासीय नेपाली संघ (NRNA) हङकङका अध्यक्ष टिका गुरुङ , नेपाल चेम्बर्स अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली, हङकङ युन्भर्सिटीका प्रशिक्षक डा. चुरा बहादुर थापा मगर, आदिवासी जनजाति महासंघ हङकङका निवर्तमान अध्यक्ष यम बी थापा दर्लामी मगर, मगर संघ हङकङका अध्यक्ष श्रीमती युगमाया राना मगर र किरात राई यायोख्खा हङकङका सचिव बज्रकुमार राईले प्रथम सहिद क्याप्टेन लखन थापाले गरेका योगदानको चर्चा गर्नुको साथै आउने बर्षहरुमा स्मृति दिवस कसरी भब्य तथा ब्रिहत गर्न सकिन्छ भनेर बिचार तथा बिमर्श आदन प्रदान गरेका थिए । आउने दिनहरुमा प्रथम सहिदको स्मृति दिवसलाई अझै बृहत गर्दै लैजानु पर्ने सबैले सुझाव दिएका छन् ।

जहानिय राणा शासक जङ्ग बहादुर राणाको बिरुद्ध आवाज उठाएर जनतालाई सचेत गर्दै लखन थापा मगरले बिद्रोही  शेना गठन गरेर जङ्गे शासनको बिरुद्ध लढ्दै गर्दा उनलाई बिक्रम सम्बत १९३३ सालमा गोर्खा जिल्लाको मनकामना मन्दिर परिसरमा खिरराको  रुखमा फागुन २ गते झुन्डाएर मारेका थिए । नेपाल सरकारले उनी आदिवासी जनजाति भएकै कारण राज्य बाट उचित सम्मान पाउनुको सट्टा अझै उपेक्षित भएको र देश बिदेशबाट प्रथम सहिद घोषणा गर्न बर्षौ देखीको जन दबाब बाट मात्र नेपाल सरकारले ३ असोज २०७२ सालमा नेपालको प्रथम सहिद लखन थापा मगर भनेर घोषणा गरेको थियो ।

आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राईले आउने बर्षहरुमा नेपालको प्रथम सहिद लख्न थापाको स्मृति दिवस ब्रिहत गर्दै लजाने बताएका छन् । बिगतमा आफुहरुले देवकोटा जयन्ती र भुपी जयन्ती मनाउदै अाइरहेको तर पछी अन्य संघ सस्थाहरुले पनी त्यस्तै प्रक्रितीको कार्यक्रम गरीदिदा कार्यक्रमको महिमा बढ्नुको सट्टा झन घट्दै जाने हुँदा लखन स्मृति दिवस पनी त्यस्तो नहोस् र कुनै पनी संघ सस्थाले त्यस्तो नगरिदिउन् भनेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News