HongKongNepali.com, The Next Media

Monday
Jul 16th
Home हङकङ समाचार ३६ औं मगर दिवस मगर संघ हङकङकै कार्यलय भित्रै सम्पन्न

३६ औं मगर दिवस मगर संघ हङकङकै कार्यलय भित्रै सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२७ फेब्रुअरी हङकङ

मगर संघ हङकङले बिगतका बर्षहरुमा कहिले मङ्की हिल त कहिले याउमातेइ कम्युनिटी हलमा विविध कार्यक्रम गरेर भब्य रुपमा मगर दिवस आयोजना गर्ने गरेता पनि यो बर्ष भने संघले आफ्नै कार्यलयमा ३६ औं मगर दिवस सम्पन्न गरेको छ । माघे सङ्क्रान्ती लगतै मगर संघ हङकङले मगर दिवसको लागि हल ब्यावस्थापनमा लागेको भए पनि उचित समयमा उचित हल प्राप्त गर्न नसकेको हुँदा यो बर्ष आफ्नै कार्यलयमा मगर दिवस मनाउनु परेको बताएका छन् । अहिले मगर संघ हङकङ अरुण स्मृति साँझको निम्ति आन्तरिक तयारीमा जुटिरहेको र मगर रोष गुमुष्ठाले ३० अप्रेलको दिन मगर कथानक चलचित्र खुर्पेटो प्रदर्शन गर्ने भएको छ । सोही कार्यक्रमलाई सफल बनाउने तर्फ सबै लागी परीरहेको हुँदा यो बर्ष जे जस्तो भए पनी अर्को बर्ष मगर दिवस बिगतका बर्षहरुमा झै भब्य बनाउदै लगिने बारे कार्यवाहक अध्यक्ष थल श्रीस मगरले बताएका छन् ।

मगर संघ हङकङको कार्यलय सानो भएको हुँदा अन्य समुदायका अतिथि पाहुनाहरुलाई निमन्त्रणा नगरी मगर संघ हङकङका सल्लाहकार, मगर संघ हङकङ मुल समिति, मगर महिला संघ हङकङ, पुन मगर समाज हङकङ, लाङ्घाली कल्याण समाज हङकङ, मगर बौद्ध समाज हङकङ र मगर रोष गुमुष्ठा हङकङका अध्यक्ष तथा प्रतिनिधिहरु सम्मीलित कार्यक्रममा ३६ औं मगर दिवसको अवसरमा केक काटेर खुशियाली मनाएका थिए । लुम्बिनी मन्च हङकङका अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार गणेशजंग राना मगर प्रमुख अतिथिको रुपमा आसिन थिए । प्रमुख अतिथी राना मगरले दियोमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यवाहक अध्यक्ष थल श्रीस मगरको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रमलाई महासचिव निलम थापा मगरले सन्चालन गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष सुमन थापा मगरले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा मगर संघ हङकङका सल्लाहकार हेमराज थापा मगर, सल्लाहकार तथा गोर्खा समाज हङकङका अध्यक्ष गङ्गा राना मगर, पुन मगर समाज हङकङका अध्यक्ष जस बहादुर चोचाङ्गी, लाङ्घाली कल्याण समाज हङकङका अध्यक्ष हर्क राना मगर, मगर बौद्ध समाज हङकङका अध्यक्ष यम बी थापा दर्लामी र आदिवासी जनजाति महासंघ हङकङकी उपाध्यक्ष श्रीमती कविता सिन्जापती मगर सहित सबैले ३६ औं मगर दिवसको अवसरमा आफ्ना बिचार सहितको मन्तव्य ब्याक्त गरेका थिए । बिगतका दिनमा मगर अग्रजहरुले मगर एकता र मगर जागरणको लागि गरेका महत्त्वपूर्ण योगदानको चर्चा परिचर्चा गर्नुको साथै अहिलेको नयाँ पिडीले गर्नुपर्ने काम र कर्तव्यको बारेमा छलफल भएको थियो ।

 

 

Add your comment

Your name:
Subject:
Comment: