Home हङकङ समाचार सगरमाथा दिवसको अवसरमा हङकङमा पदयात्रा कार्यक्रम हुँदै

सगरमाथा दिवसको अवसरमा हङकङमा पदयात्रा कार्यक्रम हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर

१९ अप्रील २०१८

हङकङ नेपाली महावाणिज्यदूतावास र गैर आवासीय नेपाली संघ (NRNA) हङकङ्को संयुक्त आयोजनामा हङकङमा सगरमाथा दिवस मनाउने भएका छन् । जोर्डन स्थित गैर आवासीय नेपाली संघ हङकङको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा हङकङमा सगरमाथा दिवस पदयात्रा कार्यक्रम गरेर मनाउने जानकारी गराएका छन् । जानकारी सभामा उपस्थित हङकङ नेपाली महावाणिज्यदूत कमल प्रसाद भट्टराईले गत बर्ष झै यो बर्ष पनि सगरमाथा दिवसको अवसरमा मे २७ को दिन हाइकिङ कार्यक्रम गरेर मनाउने बताएका छन् ।

सगरमाथाको चुचुरोमा सन १९५३ को मे २९ को दिन सबै भन्दा पहिले मानव पाइला टेक्ने तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी हुन् । त्यही दिनलाई हामी नेपालीहरुले सगरमाथा दिवसको रुपमा मनाउदै आइरहेको र यस्को मुल उदेश्य भनेको बिश्व सामु नेपाल र नेपालीलाई चिनाउने साथै पर्यटन प्रवर्द्धन गर्नु रहेको बताएका थिए । अहिले सगरमाथा दिवस नेपालमा मात्र नभएर नेपालीहरु जहाँ जहाँ छरिएर रहेका छन् त्यहीँ त्यहीँ सगरमाथा दिवस मनाउन थालेको हुँदा यो दिवस अन्तरास्ट्रिय करण हुँदै गएको छ ।

गत बर्ष सगरमाथा दिवस वि विल राइज फाउन्डेसन र हङकङ नेपाली महावाणिज्यदूतावसको संयुक्त आयोजना लायन रक कन्ट्री पार्कमा हाइकिङ सम्पन्न भएको थियो भने यो बर्ष गैर आवासीय नेपाली संघ हङकङ सङ्ग संयुक्त रुपमा मनाउन गइरहेको बताए । सगरमाथा दिवस मे २९ को दिन परेको हुँदा हङकङमा सबैलाई सहभागी हुन सहज हुने हुँदा सार्वजनिक बिदाको दिन मे २७ आइतबारलाई रोज्नु परेको हो । गत बर्ष झै यो बर्ष पनि हङकङ सरकार लगायत विभिन्न देशका कुटनैतिक नियोग लगायत स्थानीय चाइनिजहरुको पनि बृहत जनसहभागिता हुने बिश्वासका साथ सबै नेपालीहरुलाई पनि हाइकिङमा सहभागिता जनाउन हार्दिक निवेदन गरेका छन् ।

गैर आवासीय नेपाली संघ हङकङका प्रवक्ता इन्द्र वनेमले हाइकिङको रुटको बारेमा जानकारी गराएका थिए । २७ मे आइतबारको दिन बिहान ८ बजे सेन्ट्रल स्थित व्हिल अब्जर्भेसन सेन्ट्रल फेरीमा सबैजना भेला भैसक्नु पर्ने बताएका छन् । सेन्ट्रल बाट शुरु हुने पदयात्रा २ देखि ३ घन्टा पछि पिकमा गएर समापन हुने बताए । हाइकिङमा सहभागी हुन चाहनेहरुको लागि दर्ता शुल्क २०० डलर तिरे पस्चात टिशर्ट, पानी र खानाको ब्यावस्था रहेको बताएका छन् ।

कार्यक्रमको अन्त्यमा गैर आवासीय नेपाली संघ हङकङकी अध्यक्ष श्रीमती राधिका(टीका) गुरुङले पनी यो बर्षको सगरमाथा दिवसमा सबैलाई सहज हुने सजिलो र छोटो रुट रहेको हुँदा हङकङवासी सम्पुर्ण नेपालीहरुलाई सहभागी भएर कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् । कार्यक्रमको अन्त्यमा उपस्थित सबैले सागरमाथा दिवसको पोष्टर समातेर सार्वजनिक गरेका थिए


{gallery}gallery/press_meet_sagarmatha_day_2018{/gallery}

 

 

Latest News