HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home हङकङ समाचार लढेर हो अधिकार लिने, माग्ने भनेको भिख हो : सिके लाल

लढेर हो अधिकार लिने, माग्ने भनेको भिख हो : सिके लाल

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

९  अगष्ट २०१८

नेपाल आदिवासी जनजाति महासंघ हङकङले २४ औं विश्व आदिवासी जनजाति दिवस  याउमातेई स्थित कम्युनिटी हलमा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बाट प्रमुख अतिथीको रुपमा आमन्त्रीत बिश्लेषक तथा स्तम्भकार सिके लाल उपस्थित रहेको थियो  । सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी सिके लालले  नेपालका आदिवासी जनजाति नेतृत्वले भद्र राजनिती गर्ने मुल आधार बनाउन नसक्दा बिगत देखी बर्तमान सम्म  बिबिध सङ्कट झेलीरहनु परेको बताएका छन् । अहिलेको खस आर्य सत्ताले आदिवासी जनजातिहरुले उठाएका आफ्नो अधिकारको लागी केही गर्नेवाला छैन ।पहिलेका राजाहरुले बडो दुखले आर्जेको मुलुक हो भन्थे अहिलेका खस आर्य सत्ताले पनी बडो सङ्घर्ष गरेर ल्याएको गणतन्र हो भनेर भन्छन् । माग्ने भनेको भिख हो ।अधिकार लिने भनेको लढेर नै हो भन्दै सन्सारका बिभिन्न देशका उदाहरण सुनाउदै आदिवासी जनजातीलाई अहिलेको संबिधानले केही नपाउने  बताएका  छन्  ।

नेपालको इतिहासमा प्रतेक १० बर्षमा सम्बिधान च्यातिदै फेरी नयाँ बन्दै आइरहेको स्मरण गराउदै अव बन्ने सम्बिधान कस्तो बनाउने भन्ने तर्फ सोच्नु पर्ने बताए । आदिवासी जनजातिहरुमा आफ्नो अधिकार प्राप्तिको लागी अरु कसैले नेतृत्व गरेर अधिकार प्राप्त नहुने सङ्केत गर्दै त्यो प्राप्त गर्न सङ्घर्ष गर्नु पर्ने बताए ।  नेपालमा अधिकार प्राप्तीको लडाइँ गर्नेहरुको आत्मबिस्वास कमी देखिएको बताएका छन् ।

नेपालमा मात्र नभएर सन्सार भरीका आदिवासी जनजातिहरु माथी परेको सङ्कट सबै समान भएको बताएका थिए । बर्चश्वको भाषाले आदिवासीको भाषा लोप हुदै जानु , धार्मिक अतिबाद बढ्दै जानु र आदिवासी जनजातिहरुको बाच्ने जिवन यापनको आधार जल, जमिन र जङ्गल आधुनिकताको अतिक्रमण हुदै जानुले शङ्कट माथी सङ्कट थपिदै गएको बताएका थिए । नेपालमा पृथिवी नारायण शाहको पाला देखी जव नेपाल एकिकरण शुरु भयो त्यस पछी आदिवासी जनजाति माथी सङ्कट पर्दै गएको थियो । बहादुर शाहको पाला र इष्ट इन्डिया कम्पनीले धेरै आदिवासी जनजातिहरुलाई हिन्दुकरण गरिएको बताएका थिए । जङ्ग बहादुरको पालामा ल्याएको मुलिकी यनले थप सङ्कट माथी चन्द्र शम्शेरले आधुनिकताको नाममा अर्को सङ्कट थपिएको बिषयमा बिस्तृत बिश्लेषण गरेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईले बिगतमा झै यो बर्षको कार्यक्रममा बिभिन्न जातजातीको झाकी प्रस्तुत नराखिएको बारेमा स्पस्ट पार्दै नेपाल बाट आउने अतिथीले सम्बोधनको क्रममा जहिलै पनी समय अभाव हुने हुँदा यो बर्ष नराखिएको जानकारी गराएका थिए । यो बर्षको आदिवासी बर्ष पुरुष तर्फ निवर्तमान अध्यक्ष यम बी थापा मगर र महिला तर्फ आदिवासी बर्ष महिला सरस्वती घिसिङ लाई आदिवासी साँझमा अभिनन्दन गर्ने भनिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ हङकङ सङ्ग आवद्ध गुरुङ, मगर, राई, लिम्बु, तामाङ, सुनुवार, नेवार, थकाली, याख्खा लगायतका बिभिन्न सस्थाको अध्यक्षहरुले शुभकामना मन्तब्य दिएका थिए । बिशेष अतिथीहरु हङकङ नेपाली महासंघ की अध्यक्ष रिता गुरुङ , यन आर यन हङकङकी अध्यक्ष राधिका (टिका) गुरुङ , सल्लाहकार भुपेन्द्र चेम्जोङ, हेजेन राई र मनिकलाल श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई महासचिव कृष्ण लावतीले सन्चालन गरेका थिए भने उपाध्यक्ष कविता सिन्जापती मगरले स्वागत मन्तब्य दिएका थिए ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News