Home हङकङ समाचार मगर इन्भेस्टमेन्ट ग्रुप(मिग) हङकङले रेष्टुरेन्ट क्षेत्रमा ब्यापारिक पाइला चाल्यो

मगर इन्भेस्टमेन्ट ग्रुप(मिग) हङकङले रेष्टुरेन्ट क्षेत्रमा ब्यापारिक पाइला चाल्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१२ अगष्ट २०१८

मगरहरु अब ब्याक्तीगत रुपमा मात्र धनी हुने होइन समुदाय नै आर्थिक समृध्दि तर्फ लम्कनु पर्दछ भन्ने सुन्दर अभियान अनुरुप स्थापित भएको मगर इन्भेस्टमेन्ट ग्रुप (मिग) हङकङले आज मिग रेष्टुरेन्ट एन्ड बारको समुद्घाटन गरेको छ । मगर इन्भेस्टमेन्ट ग्रुप (मिग) हङकङमा अबद्ध झन्डै ६०० जना सेयर धनीहरुको  लगानीमा पछिल्लो चरणमा ट्राभल , फाइनान्स, रेमिट्यान्स पस्चात रेष्टुरेन्टमा लगानी बिस्तार गरेको हो । जोर्डन स्थित टेम्पल स्ट्रीट शप नम्बर २७३-२७५ नम्बरमा मिग रेष्टुरेन्ट अवस्थित रहेको छ । मिग फिउजन् रेष्टुरेन्ट एन्ड बारमा नेपाली, थाई,इन्डियन खानाका पारीकार ग्राहकको चाहना अनुरुप सेवा प्रदान गरीने बताएका छ्न् । उक्त रेष्टुरेन्टमा  ७०-८० जनाको पार्टी अथवा सभा समारोह गर्न मिल्ने उपयुक्त स्थान रहेको छ ।

हङकङका स्थानिय चाइनिज समुदाय थाई खानाको पारखी भएको मध्यनजर गर्दै थाई पारीकारको निम्ती थाई सेफ र नेपाली तथा इन्डियन पारीकारको लागी नेपाली सेफ द्द्वारा ग्राहकलाई स्वादिस्ट पारीकार खुवाउने उदेश्य सहित  मिग फिउजन रेस्टुरेन्ट एन्ड बारले ब्यापारिक पाइला चालेको छ । उद्घाटन समारोहमा मिग हङकङका अध्यक्ष सुमन थापा मगर, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ गैर आवासिय नेपाली संघ हङकङकी अध्यक्ष राधिका (टिका) गुरुङ, मगर संघ हङकङकी अध्यक्ष युगमाया राना मगर, मगरहरुको बाबा जेष्ठ नागरिक प्रेम गलामी मगर लगायत बिभिन्न ब्यापारीहरुको समुस्पथितिमा रिवन काटेर उद्घाटन गरिएको थियो । मध्यानन्ह १२ बजे देखी राती अबेर सम्म शुभचिन्तकहरु शुभकामना दिनेहरुको घुइचो लागेको थियो ।

 

मिग फिउजन रेस्टुरेन्ट एन्ड बारको जेनेरल म्यानेजर भिम थापा मगरले ग्राहकहरुलाई कसरी मिठो खाना खुवाउने र कसरी राम्रो सर्भिस प्रदान गर्ने भन्ने बिषयमा हामी दत्तचित्त भएर लागि परेको बताएका छन ।

{gallery}gallery/mig_fusion_restaurant_and_bar_grand_opening_aug_12_2018{/gallery}

 

Latest News