तुल्सी राना मगर
६ जनवरी २०१९
सन्तोष पिठाकोटे मगरको कथा लेखन र निर्देशन रहेको मगर कथानक चलचित्र भनेर भनिएको मिझार चलचित्रले हङकङमा खासै दर्शकको ध्यान तान्न सकेन । हङकङमा प्रदर्शन भै रहने बिभिन्न जातजातीको भाषिक तथा संस्कार र साँस्कृतिक पक्षमा निर्माण भएका चलचित्रहरु मध्य मगर समुदायको चलचित्र कमै मात्रमा हङकङमा प्रदर्शन हुने भए पनी मगर समुदायको दर्शकहरुको उत्साहजनक उपस्थित हुन सकेन ।लाङ्घाली कल्याण समाज हङकङको कोष अभिबृद्धी स्वरुप याउमातेई कम्युनिटी हलमा प्रदर्शन गरिएको मिझार चलचित्र हेर्न आउने दशकहरुको सङ्ख्या निकै कम रहेको थियो । मगर कथानक चलचित्र भनेर भनिए पनी यस चलचित्रको कथाले चलचित्रको नाम अनुरुप कथा बस्तु सङ्ग मेल नखाएको दर्शकहरुको तर्क रहेको थियो । बिदेशी फ्रेन्चाइज शो नेपाल आइडलकै टाइटल दिएर रियालिटी शो नेपाल आइडल सेरोफेरोमै चलचित्रले धेरै समय नष्ट गरेको छ । नेपाल आइडलको प्रचार प्रचार गरे झै मिझारले मगर कथानक चलचित्र भनेर भन्न खोज्नु आफैमा बिरोधाभास देखिन्छ । मगरहरुको भाषा, धर्म, संस्कार, सँस्कृती, रहन-सहन, रितिरिवाज लगायत सामाजिक तथा आर्थिक कुनै एक पक्षलाई शसक्त उजागर नगरी माया-प्रेम,मिलन-बिछोडको सामान्य सम्वाद घोलघाल गरेर अन्त्यमा राम्रो स्वर भएको हुनाले नायक मिझारले नेपाल आइडल जितेको देखाईएको छ ।
चलचित्र मिझार प्रदर्शन हुनु पुर्व एक औपचारिक कार्यक्रम मार्फत मिझार चलचित्र प्रदशन गर्न सहयोग गर्नुहुने व्याक्तीहरुलाई सम्मान गरेका थिए । मिझार प्रदर्शनी कार्यक्रमको प्रमुख अतिथी मगर संघ हङकङकी अध्यक्ष युगमाया राना रहेकी थीइन् भने अन्य बिशेष अतिथी हरुमा गैर आवासिय नेपाली संघकी अध्यक्ष टिका गुरुङ , नेपाल क्लव हङकङके अध्यक्ष रिता गुरुङ लगायत बिभिन्न संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । लाङ्घाली कल्याण समाजका सह- सचिव शिशिर पुर्वाछाने म्गरले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता हर्क हर्क राना मगरको गरेका थिए भने कार्यक्रममा समावेशी गायक तिलक सोमै मगरले एउटा मगर भाषाको झोर्ले गीत गाएका थिए ।