Home हङकङ समाचार मगर संस्कृतिमा आधारित "कौराहा" हङकङमा प्रदर्शन हुने

मगर संस्कृतिमा आधारित "कौराहा" हङकङमा प्रदर्शन हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

 

तुल्सीराज राना मगर

६ जनवरी हङकङ

मगर समुदायको मुख्य पहिचानको साँस्कृतिक धरोहरको रुपमा स्थापित कौराहा सबैलाई सर्वबिदितै भएको बिषय हो । त्यहि कौराहाको संरक्षण र सम्वर्धनको खातिर निर्माण भएको कौराहा डकुमेन्ट्री फिल्म हङकङमा प्रदर्शन हुने भएको छ ।

मगर रोष गुमष्ठा हङकङको ( मगर कलाकार समिति हङकङ) आयोजनामा २७ जनवरीको दिन बेलुकी ९:३० बजे चिम्साचुईको क्यान्टोनरोडमा अवस्थित ओसियन सेन्टरको भब्यहलमा प्रदर्शन हुने भएको छ । हङकङमा रहेका मगर समुदायको ध्यान आकृष्ट गर्दै मगर रोष गुमुष्ठा हङकङले मगर संघ हङकङको कार्यलयमा मगर अग्रज बुद्धिजिवीहरुको बिच कार्यक्रमको पोस्टर सार्वजनिक गराएका छन्।

हङकङलाई आफ्नो कर्मथलो बनाएर बसेका मगर चलचित्र चिन्डियाकका नायक तथा मगर रोष गुमुष्ठा हङकङका अध्यक्ष समेत रहेका रबिन्द्र थापा मगरले कौराहामा पनी नायकको भुमिका निर्वाह गरेका छन् । २७ जनवरीको दिन चिमसाचुई क्यान्टोनरोडमा अवस्थित ओसियन सेन्टरको हलमा आएर मगर संस्कृतिमा आधारित कौराहा हेरेर मगरहरुको कला र संस्कृतिलाई सबैले माया गरिदिनुहुन अनुरोध गरेका छन् ।

राष्ट्रीय मौलिक कौराहा सम्रक्षक समिति र तारा माया थापाको संयुक्त लगानीमा निर्माण रहेको कौराहालाई हर्क बहादुर आले मगरको लेखन तथा निर्देशन रहेको छ ।

रोष गुमुष्ठा हङकङकी सह-सचिव साथै प्रतिबिम्ब चलचित्रकी नायिका डिम्पल मगरले सन्चालन गरेको जानकारी सभामा मगर संघ हङकङका सल्लाहकार तथा बुद्धिजिवी हेमराज थापा मगर , मगर बौद्ध समाज हङकङका अध्यक्ष साथै मगर संघ हङकङका पुर्व अध्यक्ष यम बी थापा मगर, मगर संघ हङकङकी अध्यक्ष युगमाया राना मगर , मगर महिला संघ हङकङकी अध्यक्ष कुमारी थापा मगर, मगर  रोष गुमुष्ठा हङकङका निवर्तमान सचिव सन्जु थापा मगर, र सल्लाहकार ओमकार थापा मगरले कार्यक्रम  सफलताको शुभकामना मन्तब्य दिएका थिए ।

 

Latest News