Home हङकङ समाचार मगर बिभाजन गर्न खोज्ने तत्वलाई खरानी पार्ने अध्यक्ष नबिन रोका मगरको चेतावनी

मगर बिभाजन गर्न खोज्ने तत्वलाई खरानी पार्ने अध्यक्ष नबिन रोका मगरको चेतावनी

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२० जनवरी हङकङ

मगर समुदायको महान सास्कृतिक चाड  माघे सकराटीको अवसरमा मगर संघ हङकङको आयोजनामा आयोजित मगर माघे सकराटी मेलामा सम्बोधन गर्दै नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगरले मगर बिभाजन गर्न खोज्नेहरुलाई खारनी पार्ने चेतावानी दिएका छन । कतिपय अवस्थामा सिह दरबार मेरो मात्र हो भन्नेहरुले मगर समुदायमा यो  ठुलो मगर त्यो सानो मगर भनेर भ्रम पारेर बिभाजन पार्न खोज्ने हुँदा सम्पूर्ण मगरहरु सचेत हुनुपर्ने बताएका छन् । शासन ब्यावस्था र  राज्य व्यावस्थाले बिभाजन गर्न खोज्ने भएकोले ठुलो सानो भनेर व्याख्या गरेको हो । फरक भुगोल फरक धर्म फरक भाषा सामाजिक र सास्कृतिक बिबिधता भएको हुँदा जुनासुकै धर्म जुनासुकै भाषा बोल्ने भए पनी सम्पूर्ण मगर समान हुन् भनेका छन् । मगरहरुलाई बिभाजन गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय शक्ती केन्द्रमा लागेका छन् । ति बिरोधीहरुलाई जुन दिन आवश्यकता पर्छ त्यो दिन बम बनेर खरानी पार्ने चेतवानी दिदै मगर समुदाय उनिहरुको भ्रममा नपर्न अपिल गरेका छन् ।

 

सम्पूर्ण नेपालीले मनाउने माघे सक्रान्ती चाड मगरहरुको  मौलिक चाड भएको भन्दै  आदिवासी जनजातीहरुले मनाउने चाडपर्वलाइ नेपाल सरकारले कटौती गरेर गाँजा खाने पर्व शिवरात्रीलाई राष्ट्रिय चाडको रुपमा मान्यता पाउने तर जनजातिको चाडपर्वलाई  सरकारले  बिभेद गरेको भन्दै उक्त गल्तीलाई सच्चाउन अनुरोध गरेका छन् ।

 

मगरहरुले समय सन्दर्भ अनुसार सामाजिक अभियान मात्र नभै आर्थिक तथा राजनीतिक चेतना निर्माण गर्न जरुरी भएको छ । जब सम्म मगरहरुले राजनीतिक अधिकार किन कसरी र को बाट खोसियो भनेर बुझ्दैनन्न तब सम्म मगरहरु अगाडी बढ्न् सक्दैनन् । राजनिती गर्ने मगरहरुले पनी आफ्नो जातिको समुदाय कहाँ छ भनेर आफ्नो जातिको भाषा आफ्नो धर्म आफ्नो सस्कारलाई पहिले पढ्नु पर्ने सुझाव दिएका छन् । मगर भएर जतिनै डिग्री हासिल गरे पनी यदी उस्ले आफ्नो मगर जातीलाई पढ्न सकेन भने उस्ले मगर समुदायको हित कहिलै गर्न नसक्ने बताएका छन् ।

मगरहरुको ईतिहास पुराना राज्यसत्ताले नष्ट गरिदिएको हुँदा अहिले मगरहरुको ईतिहास के हो ? भनेर भन्दा जस्ले जे जानेको छ त्यही तरिकाले व्याख्या गर्ने अवस्था भएको हुँदा  नेपाल मगर संघ केन्द्रिय समितीले प्राध्यापक डा.केशर जङ्ग बराल मगरको नेत्रित्वमा ४५ जनाको बिज्ञहरुको कार्यदल गठन गरिको बताएका छन् । तिनै बिज्ञहरुको टोलिले  मगरहरुको एतिहासिक,भाषिक,  धार्मिक,सास्कृतिक, सामाजिक बिबिध पक्षमा अनुसन्धान गरेर  हाम्रो लोप हुँदै गैरहेको पहिचानी धरोहरको सम्रक्षण  र सम्वर्धन  गरेर लैजान तेवा पुग्ने छ ।  यस अभियानलाई देश तथा बिदेशमा बस्ने मगरहरुको सल्लाह र सुझावको आवश्यक रहेको बताएका छन् ।

प्रमुख अतिथिको रुपमा  नेपाल बाट आमन्त्रीत नेपाल मगर संघका केन्द्रिय समितीका  अध्यक्ष नबिन रोका मगर, बिशेष अतिथीहरु क्रमश: लोक तथा दोहरी गायिका टिका तरामी मगर, लोक तथा दोहरी गायिका बसन्ती मस्राङी मगर, कार्यक्रम  उद्धघोषक तथा मिस मङ्गोल नेपाल २०१२ की बिजेता सपना रोका मगर , कौराहा डकुमेन्ट्री फिल्मका निर्देशक हर्क आले मगर, कौराहा डकुमेन्ट्री फिल्मका निर्माता तारा थापा मगर, गैर  आवासिय नेपाली संघ हङकङका अध्यक्ष टीका  गुरुङ, हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष रिता गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई,मगर संघ हङकङका सल्लाहकारहरु लगायत बिभिन्न जातिय तथा क्षेत्रिय संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।मगर संघ हङकङका अध्यक्ष युगमाया राना मगरको अध्यक्षतामा माघे सकराटी मेलाको औपचारिक कार्यक्रमलाई  मगर संघ हङकङका महासचिव नन्द बहादुर राना मगरले सन्चालन गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा नेपाल बाट आएका कार्यक्रम ऊद्घोषक सपना रोका मगरले सन्चालन गरेको मनोरन्जनात्मक कार्यक्रममा  लोक तथा दोहरी गायिका टिका तरामी मगर , बसन्ती मस्राङ्गी मगरले गीत गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए । मगर रोष गुमुष्ठा हङकङका कलाकारहरुको कौराह नाच, लाङ्घाली कल्याण समाज हङकङको हुरा नाच, थाली नाच, लाइभ कौरा, पञ्चेबाजाको तालमा रमाउने हरुको भिड राती अबेर सम्म झुम्मिएका थिए । परम्परगत रुपमा मगरहरुले माघे सकराटीमा खेलिने खेलहरु धनुष बाण, डोरी तान्ने, छेलो हान्ने खेलाउनुका साथै उत्कृष्ट मगर पहिरनलाई पनी सम्मान गरिएको थियो । माघे सकराटीको बिशेष परिकार भुतुवा, तरुल, खिचडी, बारा, सेलरोटी लगायत बिभिन्न पारीकारहरु खानेहरुको लामो भिड लागेको थियो भने दर्शकहरुको अत्याधिक चापले केही समय खानाको अभाव सिर्जना भएको थियो ।

 

Latest News