Home हङकङ समाचार मगरहरुको साँस्कृतिक सभ्यता बोकेको कौराहा डकुमेन्ट्री फिल्म हङकङमा प्रदर्शित

मगरहरुको साँस्कृतिक सभ्यता बोकेको कौराहा डकुमेन्ट्री फिल्म हङकङमा प्रदर्शित

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२७ जनवरी हङकङ

मगर रोष गुमुष्ठा हङकङको आयोजनामा मगर संस्कृतिमा निर्माण भएको कौराहा डकुमेन्ट्री फिल्म आइतबारको दिन चिमसचुई स्थित क्यान्टोन रोड अवस्थित ग्रान्ड ओसियन सिनेमाहल भव्यरुपमा प्रदर्शन भएको छ । मगर समुदायको अतिनै लोकप्रिय मौलिक नाच कौराहाको एतिहासिक पक्षलाई पर्दामा निक्कै रोचक तरिकाले प्रस्तुत गरिएको छ । सुचना र संचार, यातायात र बुजिलीको पहुच नपुगेको त्यो समयमा गाँउ घरमा एक गाँउ देखी अर्को गाँउमा कौराहा नचाउन जादा युवा युवतीहरु बिच एक आपसमा हार्दिकता र आतिथ्यताको गरिने सत्कारको जिवन्तता देखाउने प्रयास गरेको देखिन्छ । एउटा गाँउ बाट अर्को गाँउमा रोदी बस्न आएका पाहुनाहरुलाई सारा गाँउले मिलेर सुङ्गुर काटेर भोज खुवाएर पाहुनाहरुको भब्य स्वागत साथै अतिथ्यता पस्केर कौराहा नाच्दै गाउदै रमाएको दृश्यले पक्कै पनी सबैलाई एक पटक आफ्नै गाँउ घरमै छु की भन्ने महसुस गराउने छ । शहर बजार तथा बिदेश तिर हुर्किदै गरेका नयाँ पिढीलाई पनी कौराहा डकुमेन्ट्री हेरे पछी हाम्रो पुर्खाहरुको साँस्कृतिक विरासत यस्तो रहेछ भनेर जान्ने बुझ्ने अवसर पनी मिल्ने छ । मुख्य गरेर मगर समुदायमा कौराहालाई हरेक बर्ष माघे सङ्क्रान्ति लागे पछी शुरु गरेर असार मसान्तमा यो नाच नाच्न स्थगित गरिन्छ ।

कौराहा डकुमेन्ट्री फिल्म परदर्शनको क्रममा नेपाल बाट हङकङ आएकी  निर्माता तारा माया थापा मगरले आफ्नो मन्तब्यको क्रममा  हाम्रो सांस्कृतिक मौलिकतालाई  पश्चिमी संस्कृतीले खाइरहेको हुँदा लोप हुँदै गैरहेको एतिसाहिक  मौलिकतालाई जोगाउनु पर्दछ भनेर नै अहिले यो कौराहा डकुमेन्ट्री फिल्म बन्न सफल भएको भनेकी छिन्   । राष्ट्रिय मौलिक कौराहा समितीले आफुलाई कौराहा डकुमेन्ट्री फिल्मको जिम्मा दिए पछी  दुई बर्ष अगाडी देखी नै धेरै दु:ख गरेर निर्माण सम्पन्न गरेको आफ्नो अनुभव सुनाएकी थीइन् । कौराहा डकुमेन्ट्री फिल्मलाई तारा माया थापा मगरले निर्माण गरेको भए पनी यो मगर समुदायको पहिचानको मुद्धा बोकेको सबैको साझा मौलिक कौराहा सम्रक्षणको दस्ताबेज भएको हुँदा सबैले यसलाई माया गरिदिनुहुन अनुरोध गरेका  छन् ।

लेखन तथा निर्देशन गर्नुहुने हर्क आले मगरले यो भन्दा अगाडी रैया चलचित्र निर्देशन गरिसकेको अनुभव सुनाउदै यस पटक  कौराहा डकुमेन्ट्री फिल्म निर्माणको बारेमा  बताएका थिए । कौराहा डकुमेन्ट्री फिल्म हेरे पस्चात मामा भान्जी बिच हुने प्रेम समन्धको बारेमा केही दर्शकहरुको जिज्ञासालाई प्रष्ट पार्दै कुनै कुनै ठाउँमा अपरिचित मगर युवा र युवती बिच पहिलो भेटमा हुँदा हुने भलाकुसारी नै मामा भान्जी कै साईनो बाट हुने भएको भन्दै फरक भुगोल र फरक समुदायमा फरक चालचलन रहेको हुँदा यो पनी एउटा संस्कृतिको पाटो भएको बताएका  थिए ।

युके बाट आएकी कौराहा डकुमेन्ट्री फिल्मका नायिका  सविता राना मगर र हङकङमै स्थाई बसोबास गर्दै आएका नायक रबिन्द्र थापा मगरले पनी कौराहा डकुमेन्ट्री फिल्म हेर्न आउने सम्पूर्ण दर्शकहरुलाई धन्यवाद व्याक्त गरेका थिए ।

 

Latest News