१०९ औ अन्तराष्ट्रीय महिला दिवस भब्य रुपमा सफल बनाउन हङकङका नेपाली महिलाहरु एकजुट हुँदै

Print
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१९ फेब्रूवरी, हङकङ

बिगतका बर्षहरुमा झै यो बर्ष पनी हङकङका नेपाली महिलाहरु १०९ औ अन्तरराष्ट्रिय महिला दिवस सफल पार्न एकजुट भएर लागी परेका छन् ।१०९ औ अन्तरराष्ट्रिय महिला दिवसको तयारी बारे जानकारी दिने उदेश्यले जोर्डन स्थित गैर आवासिय नेपाली संघ हङकङको कार्यालयमा  पत्रकार सम्मेलन गरेका छन् । मुल आयोजक सस्था  गैर आवासिय नेपाली संघ हङकङ र हङकङ नेपाली महिला संघ हङकङकी अध्यक्ष टिका गुरुङले यो बर्ष "व्यालेन्स फर बेटर" भन्ने मुलनाराको साथ हङकङका नेपाली महिलाहरुले पनी विविध गतिबिधीका साथ महिला दिवस मनाउने तयारीमा रहेको बताएका छन् । 

महिला दिवस मनाउनुको मुख्य उदेश्य सशक्तीकरण , आत्मबल र आत्मनिर्भरतामा ब्रिद्धी गरी स्वावलम्बी बनाउनु रहेको हो । यस्को लागी उत्प्रेणा महत्वपूर्ण रहेको भन्दै यस बर्ष उमन फर ह्युमन राइट्स् -एकल महिला ग्रुपका सस्थापक लिली थापा प्रमुख वक्ताको रुपमा आउने  जानकारी दिएका  छन् । उत्प्रेरक व्याक्तीत्वहरुलाई  आफुहरुले विगतका कार्यक्रमहरुमा डा रेणुका गुरुङ, इन्द्रिरा राना मगर, चरिमाया तमाङ, टिका दाहाल र मन्जु गुरुङलाई हङकङमा निमन्त्रणा गरिसकेको बताएका  छन् ।

यो बर्ष पनी महिला दिवसको अवसरमा 'बर्ष महिला' को उपाधी पाउनेले हङकङ -काठमान्डौ- हङकङको हवाई टिकट प्राप्त गर्ने भएको छ । यसको साथसाथमा समाजसेवा, शिक्षा, खेलकुद, कलाकारिता,साहित्य, व्यापार,स्वास्थ्य लगायत   बिबिध क्षेत्रमा योग्दान दिनेहरुलाई कदर स्वरुप सम्मान गरिने भएको छ । महिलाका बिबिध बिषयमा अन्तर्कृया सहितको कार्यक्रम ९ मार्चको बेलुकी जोर्डनको ब्लु ओसियन रेष्टुरेन्टमा हुने भनिएको छ । महिला दिवसका सह् आयोजकहरु नमो बुद्ध आमा समुह हङकङ , मिसेज हङकङ नेपाल टिम,  तमु ट्हो ह्युल हङकङ  महिला बिभाग,मगर संघ हङकङ महिला बिभाग  , तमाङ घेडुङ हङकङ  महिला बिभाग र किरात राइ चाम्लिङ खाम्बातिम महिला बिभागले सहकार्य गरेका छन् ।