Home हङकङ समाचार हङकङमा प्रथम लखन स्‍मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता

हङकङमा प्रथम लखन स्‍मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

३ मार्च हङकङ

नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा हङकङमा प्रथम लखन स्‍मृति भलिबल प्रतियोगित हुने भएको छ । मगर रोष गुमष्ठा (कलाकार संघ) र मगर महिला संघ हङकङको संयुक्त आयोजनामा खेलकुद बाट हङकङमा पहिलो पटक नेपालको प्रथम शाहीद लखन थापा मगरलाई सम्झने प्रयास गरिएको छ । प्रथम सहिद लखन थापा मगर भनेर सरकारले घोषणा गरे पनी राज्य बाट उपेक्षित प्रथम सहिदलाई खेलकुदको माध्याम बाट सम्झने उचित प्रयासलाई सबैले अायोजकलाई हौसाएका छन् ।

३ तारिक आईतवारको दिन मगर संघ हङकङको कार्यालयमा आयोजित जानकारी सभामा "प्रथम लखन स्‍मृति महिला तथा पुरुष भलिबल" प्रतियोगितको बारेमा जानकारी गराउनुको साथै सोही अवसरमा पोस्टर सार्वजनिक गरेका थिए । पुरुष तर्फ बिजेताले ११ हजार हङकङ डलरको साथमा मेडल, ट्रफीको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेताले ७ हजार हङकङ डलरको साथमा मेडल,ट्रफी तथा प्रमाणपत्र   प्राप्त गर्ने छन् । महिला तर्फ बिजेताले ५ हजार डलर नगद पुरुस्कारको साथमा मेडल, ट्रफीको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेताले ३  हजार हङकङ डलरको साथमा मेडल,ट्रफी तथा प्रमाणपत्र   प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीहरुको लागि पनि पुरुस्कारको व्यावस्था गरिएको बताएका छन् ।

नेपाल मगर संघ केन्द्रिय समितीका कोषाध्यक्ष कमला थापा मगरको प्रमुख आतिथ्यता रहेको साथै बिशेष अतिथीहरु: नेपाल मार्सलआर्ट हप्किडो संघका अध्यक्ष काली बहादुर घर्ति मगर, मगर संघ हङकङकी अध्यक्ष युग माया राना मगर, मगरहरुको बाबा प्रेम गलामी मगर , लुम्बिनी मन्च हङकङका अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार गणेश जङ्ग राना मगरको उपस्थितिमा पोस्टरको सार्वजनिक गरेका थिए ।

१४ अप्रिल अाइतबारको दिन चुनमुन स्थित बाटरफलाई बिचमा बिहान १० बजे बाट खेल सन्चालन हुने बताएका छन् ।प्रथम लखन स्‍मृति महिला तथा पुरुष भलिबल प्रतियोगिताको सह् - आयोजक मगर संघ हङकङ रहने छ भने मगर समाज हङकङ, लाङ्घाली कल्याण समाज हङकङ र मगर बौद्ध समाज हङकङको बिशेष सहयोग रहने छ ।

 

Latest News