Home हङकङ समाचार हङकङमा ३७ औं मगर दिवस भव्यरुपमा सम्पन्न

हङकङमा ३७ औं मगर दिवस भव्यरुपमा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

३ मार्च हङकङ

मगर संघ हङकङले बिगतको बर्षहरुमा झै यो बर्ष पनी नेपाल मगर संघ स्थापना भएको दिन फागुन १५ लाई भव्यरुपमा मनाएका छन् । कतै मगर एकता दिवस कतै मगर दिवस भनेर नेपाल लगायत देश विदेशमा छरिएर रहेका मगर जन्य संघ सस्थाहरुले हरेक बर्षको फागुन १५ लाई बिबिध कार्यक्रम गर्दै  मगर दिवस भव्यरुपमा मनाउदै आइरहेका छन् ।

 

यो बर्ष पनी मगर संघ हङकङले बिगत देखी निरन्तर मगर संघ हङकङलाई निरन्तर योगदान दिनुहुने मगर लगायत व्यापार व्यावसाय, कलाकारिता, शिक्षा, खेलकुद , साहित्य क्षेत्रमा प्रगति गर्ने मगरहरुलाई अझै उत्तरौत्तर प्रगतिको शुभकामना सहित सम्मान गरेका छन् । यो बर्ष सम्मानित हुनेहरु मध्य मगर बर्ष पुरुषको उपाधि टोप बहादुर राना (कुमार राना) साथै मगर बर्ष महिलाको उपाधि टिका थापा मगरलाई प्रदान गरिएको छ । व्यापार तर्फ लाल थापा मगर, शिक्षामा रचना राना मगर र टिना राना मगर, कलाकारिता तर्फ रबिन्द्र थापा मगर, साहित्य बिधामा डोम राना मगर र खेलकुद तर्फ श्याम थापा मगर सम्मानित भएका छन् ।

नेपाल बाट आमन्त्रित ३ ७ औं मगर दिवसको प्रमुख अतिथि नेपाल मगर संघ केन्दृय समितिका कोषाध्यक्ष कमला थापा मगरले दिप प्रज्वलन गरेर शुभारम्भ भएको कार्यक्रममा हङकङका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।प्रमुख  अतिथि कमला थापा मगरले सम्बोधनको क्रममा नेपाल मगर संघलाई हङकङ मगर संघले पुर्याएको योगदानको निम्ति धन्यवाद व्याक्त गरेकी थिइन् । ३७ औ मगर दिवस मनाईरहेको अवस्थामा मगर समुदाय राजनीतिक आर्थिक सामाजिक रुपमा कुन अवस्थामा रहेका छौ त्यसको  समिक्षा गर्नुपर्ने अवस्था रहेको छ । सामाजिक रुपमा हाम्रो समुदाय केही हद सम्म अगाडि आए पनी राजनीतिक र आर्थिक पहुच तर्फ अझै पछी परेका छौ । त्यसैको कारणले प्रदेश सिमाङ्कन र नामङ्कनको  सवालमा ४ नम्बर प्रदेश तमुवान मगरात प्रदेश हुनु पर्छ भनेर दबाब र आन्दोलन गरे पनी जातिय पहिचानको निम्ती  हाम्रो राजनीतिक पहुच नपुगेको हुँदा हामी चुकेका छौ । अहिले आएर ५ नम्बर प्रदेशको लागी मगरात थारुहत प्रदेश नामाकरणको  लागि सङ्घर्ष याथवत् रहेको बताएका छन् ।

नेपाल बाट आमन्त्रित बिशेष अतिथि  नेपाल मार्शल आर्ट हप्किडो संघका अध्यक्ष काली बहादु घर्ती , गैर आवसिय  नेपाली संघ हङकङका अध्यक्ष टिका गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना मगर , नेपाल क्लवका अध्यक्ष रिता गुरुङ, लाङ्घाली कल्याण समाज हङकङका अध्यक्ष हर्क राना , मगरहरुको बाबा भनेर चिनिने अभिभावक प्रेम गलामी मगरले मगर दिवसको शुभकामना सहितको मन्तब्य राखेका थिए । कार्यक्रममा मगर संघ हङकङका सल्लाहकार सहित्  हङकङमा  कृयाशिल  बिभिन्न संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

याउमातेइ कम्युनिटी हलमा आयोजित कार्यक्रममा अध्यक्ष युग माया राना मगरको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रमलाई सचिव अमृता राना मगरले सन्चालन गरेकी थीइन । मगर संघ हङकङको प्रकाशनमा डा .मिन श्रिस मगरले लेखेको  मगर जातिको ईतिहास भन्ने पुस्तकको बिमोचन पनि गरिएको थियो ।