Home हङकङ समाचार विविध क्षेत्रमा अग्रसर महिलाहरुको सम्मान सहित् हङकङमा १०९ औं अन्तराष्ट्रीय महिला दिवस सम्पन्न

विविध क्षेत्रमा अग्रसर महिलाहरुको सम्मान सहित् हङकङमा १०९ औं अन्तराष्ट्रीय महिला दिवस सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

९ मार्च

नेपाली महिला संघ हङकङ र गैर आवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा १०९ औं अन्तराष्ट्रीय महिला दिवस भव्यताका साथ सम्पन्न भएको छ । जोर्डन स्थित ब्लु ओसियन रेष्टुरेन्टमा आयोजित १०९ औ महिला दिवसको  प्रमुख अतिथि नेपाल कन्सुलेटका वाणिज्यदुत सुजनी रानाले पानसमा दियो प्रज्वलन गरे पस्चात  कार्यक्रमको शुभारम्भ भएको  थियो ।

 

नेपालमा एकल महिलाहरुको सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको निम्ति काम गर्ने सस्था वुमन फर ह्युमन राइट्सका सस्थापक  लिलि थापा प्रमुख वक्ताको रुपमा नेपाल बाट हङकङ आएकी  थीइन् ।   प्रमुख वक्ता लिली थापाले सम्बोधनको क्रममा  नेपालको कतिपय बिभेदकारी   कानुनहरु एक्लैको प्रयासमा धेरै परिवर्तन गरेको बताएका छन् । एकल महिला जस्को श्रीमान मरेका छन् उनिहरुलाई नेपालको कानुन,हिन्दू धर्मको धार्मिक रुढीवादी सोच र पित्रिसत्तात्मक समाजले उनिहरुलाई स्वतन्त्ररुपमा जिउन साह्रै कठिन् रहेको यथार्त उजागर गरेकी थीइन् ।

बिधुवा भए पस्चात  नेपालको कानुन, धार्मिक रुढीबादी डर त्रास, समाज , परिवार सबै तिर बाट उपेच्छित भएर बस्नु पर्ने बाध्यता रहेको भन्दै  धर्म आँफैमा नराम्रो होईन तर धर्म ग्रन्थ लेख्ने पुरेतहरुले नै डर सिर्जना गराएको हो । एकल महिलाले रातो बस्त्र नलगाउनु, बुढा मर्ने अलछिना हुन्छ भनिनु धार्मिक रुढीबादी सोचको उपज भएको भन्दै क्यान्सर लागेको मान्छेलाई उपचार गर्न सकिन्छ तर मान्छेको सोच परिवर्तन गर्न नेपालमा निक्कै कठिन छ भन्दै   आफ्नो सस्थामा झन्डै एक लाख पचास हजार एकल महिलाहरु आवद्ध भै सकेको जानकारी गराउदै  एकल महिलाहरुको हक र अधिकारको लागी अझै धेरै काम गर्न बाकी रहेको बताएका छन् ।

नेपालमा अहिले ६ लाख एकल महिला बिधुवा रहेको छ । नेपालको राज्य , कानुन, समाज, परिवार सबै तर्फ बाट उपेच्छित एकल महिलाहरुलाई १०९ औ महिला दिवसको अवसरमा हङकङमा पनी बिबिध बिधामा अग्रसर महिलाहरुलाई झै एकल महिलाको बिधामा सम्मान गरेको पाउदा आफु निक्कै खुशी भएको भन्दै खुशी व्याक्त गरेकी थीइन् ।

बिगतका बर्षहरुमा झै यो बर्ष पनी महिला दिवसको अवसरमा बिभिन्न क्षेत्रमा कृयाशिल रहेर समाजलाई योगदान दिने महिलाहरुलाई सम्मान गरिएको थियो । सम्मानितहुनेहरु मध्य सामजिक क्षेत्रमा उल्लेखनीय योगदान दिनुहुने मगर संघ हङकङका अध्यक्ष युगमाया राना मगर शिक्षा क्षेत्रमा सङ्गी गुरुङ प्रधान, स्वास्थ्य तर्फ टिका राना, खेलकुद तर्फ माया गुरुङ , साहित्य तर्फ इन्द्रा थेगिम, कलाकारिता तर्फ रोशा लिम्बु ,व्यापार तर्फ संगिता गुरुङ , सृजनशील तर्फ नैनकला तामाङ र एकल महिला तर्फ बिष्णु कुमारी गुरुङ सम्मानित भएका छन् ।

हङकङका धेरै नेपाली संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको कार्यक्रममा  प्रमुख अतिथी नेपाल कन्सुलेटका वाणिज्यदुत सुजनी रानाले पनी अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना  मन्तव्य दिएकी थीइन् ।