Home हङकङ समाचार हङकङमा रहेका खोटाङेहरुको अक्षयकोष सहयोगार्थ हलेसी साँझ चौथो भव्य रुपमा सम्पन्न

हङकङमा रहेका खोटाङेहरुको अक्षयकोष सहयोगार्थ हलेसी साँझ चौथो भव्य रुपमा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१७ मार्च हङकङ

हङकङमा रहेका दर्जनौ संघ सस्थाहरु मध्य बिभिन्न गतिबिधी गरेर चलायमान भैरहने संघ सस्थाहरु मध्यको एक खोटाङ समाज हङकङले हङकङमा रहेका खोटाङेहरुलाई कुनै आपत विपत् आई पर्दा जिल्लावासीको लागी सहयोग पुर्याउने पवित्र उदेश्यले स्थापना गर्न गैरहेको अक्षयकोष स्थापनार्थ  खोटाङ हलेसी साँझ भव्यरुपमा सम्पन्न भएको  छ ।याउमातेई स्थित कम्युनिटी हलमा आयोजित हलेसी साँझमा   दर्शकहरुले भव्य उपस्थिती जनाएर खोटाङ समाजले एउटा राम्रो कामको लागी उत्कृष्ट कार्यक्रम गरेर सबैको सामु उदाहरण पस्केका छन्  ।

कार्यक्रमको शुरुवातमै खोटाङ समाज हङकङले गत बर्ष मिर्गौला रोगी बिजय राईको उपचार सहयोगार्थ चलाएको आर्थिक सहयोग अभियान मार्फत २१ लाख भन्दा धेरै आर्थिक सङ्कलन गरेका थिए । त्यही सहयोगले गर्दा नयाँ जिवन पाउन सफल किड्नी बिरामी बिजय राईलाई समाजका अध्यक्ष टिका कोयु राईले स्टेजमा बोलाएर पुष्प गुच्छा सहित खादाले सम्मान र स्वागत गर्दै किड्नी बिरामीको लागी आर्थिक सहयोग दिने सम्पुर्ण दाताहरुलाई धन्यवाद व्याक्त गरेका थिए । अहिले खोटाङ समाज हङकङले सन्चालन गर्न गैरहेको अक्षयकोषको  निम्ती कार्यक्रम सम्पन्न भए पनी अभियान जारी रहेको जानकारी गराउदै सहयोगी मनहरु बाट आएको सहयोग भलै एक डलर किन नहोस् हामीले लिने छौ भन्दै सम्पुर्णलाई सहयोगको अपिल गरेका छन् ।

हलेसी साँझ चौथो कार्यक्रमको निम्ति नेपाल बाट चर्चित कलाकारहरु राजन राज सिवाकोटी, महेश खड्का, सागर संन्सार राई, मिना पुमा , रोशन राई, पदम थुलुङ र समधन बेदना आएका थिए भने भारत सिक्किम बाट हास्य कलाकार दिलिप गुरुङलाई हङकङमा निमन्त्रणा गरेका थिए । नेपाल तथा भारत बाट आएका कलाकारहरु सबैले उत्कृष्ट प्रस्तुति दिएर दर्शकको मन जित्न सफल भएका थिए । पछिल्लो समय नेपाली गित संगीत क्षेत्रमा राजन राज सिवाकोटीको अत्याधिक चर्चित  गितहरुले दर्शकहरुलाई नचाएर भर्पुर मनोरञ्जन गराएका थिए ।

हङकङका स्थानिय कलाकारहरुको समुह संयुक्त स्टुडियो र हङकङ नेपाली डान्स ग्रुपले पनी नृत्य प्रस्तुत गरेका थिए । मनोरन्जनात्मक कार्यक्रम शुरु हुनु भन्दा अगाडी सस्थाका सचिव सन्जोग राईले सन्चालन गरेको औपचारिक कार्यक्रममा बिभिन्न संघ संघ सस्थाका अतिथीहरुको उपस्थितिमा बेलुन फुटाएर कार्यक्रमको समुद्घाटन गरेका थिए भने साँस्कृतिक कार्यक्रमलाई नेपाल बाट आएका कार्यक्रम उद्धघोषक समधन बेदना र पहिलो मिसेस् हङकङ नेपाल बिजेता पविता पुमा राईले कार्यक्रम सन्चालन गरेका थिए ।

स्मरण रहोस् : खोटाङ समाज हङकङ द्वारा आफ्नो जिल्लामा यो भन्दा अगाडि आखा अस्पताल बनाईसकेका छन् भने बाढी पहिरो भुकम्प आगलागी जस्ता प्रकृतिक विपदमा सहयोग पुर्याउने उदेश्यले जिल्लामा विपद अक्षयकोष सन्चालन गर्दै आइरहेका छन् ।

 

Latest News