Home हङकङ समाचार पर्वत क्लव र मगर संघ हङकङले प्रथम लखन स्मृति कपको इतिहास रच्न सफल

पर्वत क्लव र मगर संघ हङकङले प्रथम लखन स्मृति कपको इतिहास रच्न सफल

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१४ अप्रील हङकङ

नेपाली नयाँ बर्षको अवसरमा खेलकुदको माध्याम बाट प्रथम सहिदको स्‍मृतिमा  मगर महिला संघ हङकङ र मगर रोष गुमुष्ठा हङकङको संयुक्त आयोजनामा चुनमुन स्थित बटरफलाई बिचमा आयोजित प्रथम लखन स्मृति महिला तथा पुरुष भलिबल प्रतियोगिता प्रतिकुल मौसमको बावजुद भव्यरुपमा सम्पन्न भएको छ । ६ टिमको सहभागिता रहेको महिला तर्फ मगर संघ हङकङले नेप्लिज क्लवलाई फाइनलमा पराजित गरेर ५००० हङकङ डलर सहित कप ,मेडल र प्रमाणपत्र हात पारेका छन् । ७ टिमको सहभागिता रहेको पुरुष तर्फको खेलमा पर्वत क्लव हङकङले हलेसी क्लवलाई फाइनलमा पराजित गरेर ११००० हजार डलर सहित कप , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको थियो । उपबिजेता पुरुष तर्फ हलेसी कल्व हङकङले ७००० हजार डलर साथै महिला तर्फ उपबिजेता नेप्लिज क्लवले ३००० रकम सहित मेडल, कप र प्रमाणपत्र हात पारेका थिए ।

मगर संघ हङकङ, हलेसी टिम ए, बाग्लुङ, अाँधी खोला स्पोर्ट्स क्लव, पर्वत क्लव, हलेसी बी र पुन क्लवको सहभागिता रहेको पुरुष तर्फ पर्वत क्लवका खेलाडी लक्ष्मण राना उत्कृष्ट खेलाडी घोषित भएका थिए । लिम्वुवान, नेप्लिज क्लव, पर्वत क्लव, अाँधीखोला स्पोर्ट्स क्लव , मगर संघ हङकङ ए र बीको सहभागिता रहेको महिला तर्फ मगर संघ हङकङका अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । दुबै जना खेलाडी नेपाल बाट उक्त खेलको निम्ति आमन्त्रण गरिएको थियो । दिनभरीको सिमसिमे झरिको बाबजुद पनी अत्यधिक सङ्ख्यामा दर्शकहरु छाता ओढेरै भए पनी भलिबल हेर्न आएका थिए । लखन स्मृति कपको सहभागिताको निम्ति बाग्लुङ, पर्वत र मगर संघ हङकङले नेपाल बाट चर्चित भलिबल खेलाडीहरु निमन्त्रणा गरेका थिए भने मकाउ बाट पनी चर्चित भलिबल खेलाडीहरुको सहभागिता रहेको थियो ।

रेफ्रीहरु लालकाजी राना र रबिन्द्र थापाले सन्चालन गरेको भलिबल खेलको समापन पश्चात् पुरुस्कार बितरण समारोहका प्रमुख अतिथि मगर संघ हङकङका वरिष्ठ उपाध्यक्ष थल बहादुर शृस मगर, विगत २७ वर्षदेखि कैदी जीवन बिताइरहेका व्यक्ति र उनीहरुका छोराछोरीलाई सहयोग गर्दै आइरहेको पी ए नेपालका सस्थापक इन्दिरा राना मगर, मगरहरुको अभिभावक प्रेम गलामी मगर, मगर संघ हङकङका सल्लाहकार बसन्त शृनेट र मगर महिला संघ हङकङकी अध्यक्ष कुमारी थापाले बिजेता तथा उपबिजेता खेलाडीहरुलाई पुरुस्कार वितरण गरेका थिए ।

स्मरण रहोस् २१ अप्रेलको दिन पनी सोही स्थानमा पर्वत क्लवले पनी महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त दिन पनी नेपाल बाट आएका खेलाडीहरुको उत्कृष्ट खेल हङकङका भलिबल दर्शकहरुले हेर्न पाउने छन् ।

 

Latest News