Home हङकङ समाचार चलचित्र दयारानी प्रदर्शनी बाट उठेको शत प्रतिशत मुनाफा गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गरिने

चलचित्र दयारानी प्रदर्शनी बाट उठेको शत प्रतिशत मुनाफा गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गरिने

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२० अप्रिल हङकङ

नेपाली कथानक चलचित्र दयारानी ३० जुनका दिन हङकङमा प्रदर्शन हुने भएको छ । धेरै भन्दा धेरै गुरुङ भाषाको चलचित्रको लेखन तथा निर्देशन गरिसकेका माओत्से गुरुङले  नेपाली चलचित्र दयारानीमा पहिलो पटक  लेखन तथा निर्देशन गरेका छन् ।  नेपाली चलचित्रका सुपर स्टार भनेर कहलिएका नायक दयाहाङ राई र चर्चित नायिका दिया पुनको मुख्य भूमिका रहेको चलचित्र दयारानी आगामी ३० जुनका दिन युनलोङ स्थित थियटर हलमा हङकङका दर्शकहरुले उक्त चलचित्र हेर्न पाउने भएका  छन् । जोर्डन स्थित बगैचा रेष्टुरेन्ट एन्ड पार्टी प्यालेसमा आयोजित जानकारी सभामा मार्फत  दयारानी प्रदर्शनी बाट उठेको  शत प्रतिशत मुनाफा गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गरिने बताएका छन् ।

हङकङमा  बसोबास गर्दै अाइरहेका सफल ब्यावसायी तथा  दयारानी चलचित्रका  निर्माता मोहन (टिला) गुरुङको अध्यक्षतामा आयोजित जानकारी सभामा गैर आवासिय नेपाली संघ हङकङका अध्यक्ष राधिका (टिका ) गुरुङ, हङकङ नेपाल व्यापार संघका अध्यक्ष प्रकाश पुन, एस् आर कम्पनिका म्यानेजिङ डाइरेक्टर ज्ञानेन्द्र थापा, स्याङ्जा जनसेवा समिती हङकङका अध्यक्ष ईश्वर गुरुङ, कानुन व्यावसायी देव गुरुङ, तमु पे ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर गुरुङ, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ, भारतीय भुपु सैनिक संघ हङकङका अध्यक्ष मान प्रसाद गुरुङ लगायत बिभिन्न संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधिहरुको बिशेष उपस्थिती रहेको थियो । सोही अवसरमा अतिथीहरु बाट दयारानी चलचित्रको पोस्टर प्रदर्शनी गर्नुका साथै भव्य प्रदर्शनीको शुभकामना दिएका थिए ।

 

चलचित्र निर्माताको आर्थिक फाईदाकोलागी भन्दा नितान्त फरक तथा  सामाजिक हितको निम्ती प्रदर्शन हुन गैरहेको हुँदा आयोजकको तर्फ बाट सम्पूर्ण हङकङ बासी नेपालीहरुलाई चलचित्र हेरेर सहयोग गरिदिनुहुन आवहान् गरेका छन् । जानकारी सभालाई  दयारानी चलचित्र हङकङ युनिटका मुककाजी गुरुङले सन्चालन गरेका थिए ।

स्मरण रहोस्  चर्चित गायिका मेलिना राई र राजन राज शिवाकोटीले गाएको यस चलचित्रको चिरी च्याट्टै भन्ने गितलाई धेरैले मन पराएको प्रतिकृया सामाजिक सन्जालमा अाइरहेका छन्  ।

 

Latest News