Home हङकङ समाचार तेश्रो चुनमुन नेपाली खुल्ला ब्याड्मिन्टन प्रतियोगिता भव्यरुपमा सम्पन्न

तेश्रो चुनमुन नेपाली खुल्ला ब्याड्मिन्टन प्रतियोगिता भव्यरुपमा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

२० अप्रिल हङकङ

हङकङको चुनमुन क्षेत्रमा बसोबास गर्दै अाइरहेको नेपालीहरुको छेत्रीय सस्था चुनमुन नेपाली परिवार हङकङ द्वारा आयोजित तेश्रो चुनमुन नेपाली खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०१९ भव्यरुपमा सम्पन्न गरेको छ । २० अप्रिलका दिन चुनमुन स्थित याउ ओई स्पोर्टस सेन्टरमा आयोजित खुल्ला ब्याड्मिन्टन टुर्नामेन्टमा ए डिभिजन तर्फ १० टिमको सहभागिता रहेको थियो भने बि डिभिजन तर्फ १५ टिमको सहभागिता जनाएका थिए । डिभिजन ए को  पुरुष युगल तर्फ फाइनल खेलमा बिरेन थापा र रजिन राईको जोडीले मिन घले र सन्जिप राईको जोडीलाई जितेर प्रथम पुरुस्कार ४००० हङकङ डलर सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन् भने दोश्रो हुनेले २००० हङकङ डलर सहित  मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । 

बि डिभिजन तर्फ गणेश राई र चन्द्र राईको जोडीले फाइनल खेलमा लोकराज राई र इमानशेर राईको जोडीलाई पराजित गरी प्रथम हुनेले ४००० हङकङ डलर सहित मेडल तथा प्रमाणपत्र हात पार्न सफल भएका थिए भने दोश्रो हुनेले २००० हङकङ डलर सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । पुरुस्कार बितरण समारोहमा प्रमुख अतिथीको रुपमा हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना मगरको उपस्थिती रहेको थियो ।