Home हङकङ समाचार नेपाली घरेलु कामदार यूनियनको छैठौ वार्षिक साधारण सभा सम्पन्न

नेपाली घरेलु कामदार यूनियनको छैठौ वार्षिक साधारण सभा सम्पन्न

E-mail Print PDF
जनवरी ३१
हङकङ, जोर्डन स्थित याक एण्ड यति रेष्टुरेण्टमा सम्पन्न नेपाली घरेलु कामदार यूनियनको छैठौ वार्षिक साधारण सभाले चुनी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

उक्त वार्षिक साधारण सभाको खुला सत्रको अध्यक्षता अध्यक्ष माया राईले गरेकी थिइन् भने संचालन सचिव शोभा लामाले र स्वागत भाषाण उपाध्यक्ष चुनी थापाले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बु थिए भने अन्य अतिथिहरुमा ईक्वोइल अपर्चुनिटी कमिशनका कोअपरेट कमिशन अफिसर कविता सेर्चन, ईन्टरनेशनल डोमेष्टिक वर्कर नेटवर्कका संयोजक मिस फिस, एच.के.सि.टि.यू.का कार्यकारीणी प्रमुख मिस एलिजा टाँङ, हङकङ डोमेष्टिक वर्कर जेनरल यूनियनका सदस्य मिस टिङ्क मुई, एशियन माईग्रेन्ट सेन्टरका संयोजक अधिकृत मिस मारिसा, ईण्डोनेशिया माईग्रेन्ट वर्कर यूनियनका प्रतिनिधि मिस मोति, फिलिपिना डोमेष्टिक वर्कर यूनियनका अध्यक्ष ईरिक, थाई माईग्रेन्ट वर्कर यूनियनका अध्यक्ष मिस वासाना, कोटकोहोका प्रतिनिधि मिस रोजा, ओभरसीस् डोमेष्टिक वर्कर यूनियनका मिस लुसी, नेपाली निर्मण कामदार यूनियनका अध्यक्ष तुलाजंङ गुरुङ, फियानो हङकङका ईन्द्र वनेम मोना हङकङका दल सेर्बुजा तथा सल्लाहकारहरु सत्य घले, ओम सम्वाहाम्फे, बसन्त कुमारी राई, नारायण भण्डारी र श्याममाया तामाङ साथै पत्रकारहरु थिए।

त्यस अवसरमा ईक्वोइल अपर्चुनिटी कमिशनका कोअपरेट कमिशन अफिसर कविता सेर्चन लगायतका अतिथिहरुले यूनियनको छैठौ साधारण सभाको सफलताको शुभकामना मन्तव्य दिने क्रममा आफ्नो क्षेत्रसँग सम्बन्धित विषयहरुमा पनि प्रकाश पारेका थिए। अध्यक्ष माया राईले कार्यक्रम सफल पार्न उपस्थित् अतिथि तथा सबैलाई हार्दिक धन्यवाद दिदै आफ्नो नेतृत्वको कार्यसमितिलाई विधटन गरेको घोषणा गर्दै कार्यक्रम समापन गरेकी थिइन्।

वन्द सत्रको कार्यक्रममा बसन्त कुमारी राईको अध्यक्षतामा तीन सदस्सिय अध्यक्ष मण्डलमा अन्य सदस्यहरुमा ओम सम्वाहाम्फे र भिम गुरुङले संचालन गरेका थिए। त्यस अवसरमा कार्य प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको थियो भने विधानमा यस पटक देखि सहसचिव रहने व्यवस्था गरिएको छ। उक्त समितिले आगामि दुई वर्षको लागि १७ सदस्यी समिति गठन गरेको छ।
 
नया कार्यसमितिको अध्यक्ष चुनी थापा, उपाध्यक्ष प्रतिमा लामा, सचिव कल्पना तुम्रुक, सहसचिव चन्द्र ठकुरी, कोषाध्यक्ष हिमाली गुरुङ, सदस्यहरुमा मञ्जु राई, साँगे तेमा दुक्पा, सुमित्र गुरुङ, किरण गुरुङ, कविता थापा, राजकुमी, पद्ममा मगर र लक्ष्मी गुरुङ थिए भने बाँकी ४ जना पछि नियुक्त हुनेभएको छ।
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)