Home हङकङ समाचार नीना वाङको १०० बिलियन डलर सम्पत्ति मुद्धामा टोनी चान को हार

नीना वाङको १०० बिलियन डलर सम्पत्ति मुद्धामा टोनी चान को हार

E-mail Print PDF
२ फेब्रुअरी २००९
 
नीना वाङको १०० बिलियन डलर सम्पत्ति को एक्लो उत्तराधिकारी भएको दाबी गर्दै आएका टोनी चान ले सो सम्बन्धी मुद्धा हारेका छन्। मुद्धामा आज भएको फैसलामा टोनी पक्षबाट प्रस्तुत गरिएको नीना वाङको हस्ताक्षर सहितको वारेसनामा फर्जी भएको न्यायधिशले फैसला गरेका छन्। चाईनाकेम च्यारीटेबल फाउन्डेसन सँग भएको नीना वाङको वारेसनामा लाई नै सक्कल र वैध भएको फैसला गरिएको छ। चाईनाकेम च्यारीटेबल फाउन्डेसन ले व्यहोर्नु परेको मुद्धा सम्बन्धी सम्पुर्ण खर्च टोनी चाङले नै तिर्नुपर्ने पनि फैसला गरिएको छ।

नीना वाङ र टोनी चान को जतिसुकै प्रगाढ सम्बन्ध भए पनि उनको सम्पुर्ण सम्पत्तिको उत्तराधिकारी एकल व्यक्ति टोनी चान लाई बनाउने सम्मको सम्बन्ध थियो भन्ने आफुलाई विश्वास नलागेको न्याधिशले फैसलामा भनेका छन्। "खुशी भएर पुरस्कार वा ठुलै रकम दिनु एउटा कुरा हो तर सम्पूर्ण श्री सम्पत्ति कै मालिक बनाउनु अर्कै कुरा हो" न्यायधिशले भनेका छन्। त्यस्तै टोनी चान त्यत्रो सम्पत्तिको मालिक हुन लायक व्यक्ति नभएको पनि न्याधिशले आफ्नो फैसलामा उल्लेख गरेका छन्।

अदालतको सो फैसला पछि टोनी चानले उच्च अदालतमा पुनः अपील गर्ने भएका छन् भने नीना वाङको भाई कुङ यानसुम अध्यक्ष रहेको चाईनाकेम च्यारीटेबल फाउन्डेसन ले फैसलाको स्वागत गर्दै टोनी ले उच्च अदालतमा पुनः अपील गरेमा उनीहरुले पनि आवश्यक कदम चाल्ने बताएका छन्।

एशियाकै सबैभन्दा धनी १०० बिलियन डलरकी धनी नीना वाङको २००७ मा क्यान्सर बाट ६९ वर्षको उमेरमा मृत्यु भएपछि उनले स्थापना गरेको चाईनाकेम च्यारीटेबल फाउन्डेसन र टोनी चान बीच उनको सम्पत्तिको वास्तविक उत्तराधिकारी को भन्ने विषयलाई लिएर लामो मुद्धा चलेको थियो। ५० वर्षीय टोनी चानले नीना वाङ र आफु बीच प्रेम सम्बन्ध रहेको र नीनाले सम्पूर्ण सम्पत्ति आफ्नो नाम गरिदिएको दाबी गरेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

हराएको गाई सूर्यलाई दान

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo Bhaakaa

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)