Home हङकङ समाचार नेपाली जनसम्पर्क समिति हङकङले नव नियुक्त महाबाणिज्यदूतलाई स्वागत गर्ने

नेपाली जनसम्पर्क समिति हङकङले नव नियुक्त महाबाणिज्यदूतलाई स्वागत गर्ने

E-mail Print PDF
२ फेब्रुवरी २०१०

गत महिना देखि हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद उपाध्याय नेपाल आफनो कार्यभार सम्हालन यहाँ आइपुगेका छन्। उनको नियुक्तिमा जनजाति महासंघ हङकङले विरोध जनाएको छ। तथापि केही संघ संस्थाहरुले उनको स्वागत गर्ने तयारी गरिरहेको समाचार प्राप्त भएको छ।
 
नेपाल नेपाली जनसम्पर्क समिति हङकङले जोर्डन स्थित नेपाली क्लवमा यहि आउंदो ४ फेब्रुवरी २०१० का दिन सांझ ७ बजे देखि एक भेटघाट कार्यक्रमका बीच महाबाणिज्यदूत विनोद उपाध्याय नेपाललाई स्वागत गर्ने कार्यक्रम रहेको नेपाली जनसमपर्क समिति हङकङको नियमित बैठकमा सहभागी एक सदस्यले हाम्रा संवाददातालई वताएका छन्।

महाबाणिज्यदूतको नियुक्तिमा विवाद छ नि भनी गरेको एक प्रश्नको जवाफमा सम्पर्कका अध्यक्ष इश्वर खाणले भने "यो हाम्रो पुरानो परम्परा हो हामीले जातीय राजनीति र क्षेत्रियतालाई नभई सामाजिक सदभाव र हंगकंगमा रहेका नेपालीहरु संग मिलेर काम गर्नु पर्छ भन्ने सन्देश दिनका लागि र नेपाली जनसम्पर्क समितिको विगत देखिको परम्परालाई निरन्तरता दिनका निम्ति यो स्वागत कार्यक्रमको आयोजना गरिएको हो"।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)